पाकिस्तानमा आईएसआईले निजामती कर्मचारीको जाँच गर्ने « Khabarhub

पाकिस्तानमा आईएसआईले निजामती कर्मचारीको जाँच गर्ने


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानले निजामती सेवामा काम गर्ने कर्मचारीको जाँच गर्न मुलुकको सबैभन्दा शक्तिशाली गुप्तचर निकाय आईएसआईलाई औपचारिक जिम्मा दिएको छ ।

निजामती सेवाका कर्मचारीको नियुक्ती, सरुवा, बढुवाजस्ता विषयमा अब आईएसआईले जाँच गरेपछि मात्र स्वीकृत हुने पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

यसअघि पनि आईएसआईले छद्म रुपमा निजामति सेवाका कर्मचारीको जाँच गर्दै आएकोमा अब भने पाकिस्तान सरकारले यो गर्न आईएसआईलाई कानूनी आधार दिएको जनाइएको छ ।

संस्थापन विभागको सूचनामा पाकिस्तानको निजामती सेवा ऐन १९७३ को धारा २५ को उपधारा १ अनुसार यस्तो निर्णय गरिएको जनाइएको छ । यस ऐनले निजामती सेवाका कर्मचारीसम्बन्धी नियम बनाउने अधिकार प्रधानमनत्रीलाई दिएको डनले जनाएको छ ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  ५ : १८ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी