जिसस मकवानपुरको प्रमुखमा घलान निर्वाचित « Khabarhub

जिसस मकवानपुरको प्रमुखमा घलान निर्वाचित


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा ललितबहादुर घलान विजयी भएका छन् । हेटौंडा उपमहानगरपलिका वडा नम्बर १२ को अध्यक्षमा घलान जिसस मकवानपुरको प्रमुखमा विजयी भएका हुन् ।

वडा अध्यक्ष छोडेर जिसस प्रमुखमा उम्मेदवारी दिएका घलानसहित सत्तारुढ गठबन्धनको प्यानल नै विजयी भएको छ । बिहीबार भएको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार बुद्धिराम डिमडुङलाई हराउँदै घलान प्रमुखमा विजयी भएका हुन् । घलानले १७ मत प्राप्त गर्दा डिमडुङले ३ मत मात्र प्राप्त गरेका थिए । समन्वय समिति उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका सानुकाजी लुइटेल निर्विरोध निर्वाचित भएका छन् । उपप्रमुखमा लुइटेलको मात्र उम्मेदवारी परेको थियो । महिला सदस्यमा गठबन्धनबाट नेपाली कांग्रेसका तारा ढुंगाना (१७ मत), विष्णुमाया थपलिया (१७ मत) र सुमित्रा थिङ (१७ मत) निर्वाचित हुँदा एमालेका बिनाकुमारी थिङ लामाले (३ मत) ल्याएकी थिइन् ।

दलित सदस्यमा नेकपा (एकीकृत समाजवादी) का सुनिता दर्नाल परियार निर्विरोध निर्वाचित भएकी छिन् । दलित समुदायमा  उनको मात्रै उम्मेदवारी परेको थियो । खुलातर्फ ३ जना सदस्यमा गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का वीरेन्द्रकुमार लामा (१६ मत), नेकपा माओवादी केन्द्रबाट खड्कबहादुर पुलामी (१७ मत) र सुवर्ण गोपाली (१७ मत) विजयी हुँदा एमालेका तोयानाथ तिमल्सिनाले ३ मत प्राप्त गरेका थिए । वडा अध्यक्ष जितेका घलान समन्वय समितिको प्रमुखमा गएसँगै हेटौंडा उपमहानगरपालिकामा माओवादी वडा अध्यक्षविहीन भएको छ । १९ वडा रहेको उपमहानगरमा माओवादीले एउटा मात्रै वडा जितेको थियो ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  ७ : २५ बजे

उद्धारमा सात हजारभन्दा बढी प्रहरी परिचालन

काठमाडौँ – रसुवाको भोटेकोशी क्षेत्रमा गएको भीषण बाढीपछि नेपाल प्रहरीले

तीजका गीतमा भ्युजको भोक: कहाँ हरायो मौलिकता ?

रातो सारी, हरियो चुरा र माइतीको आँगनमा गुञ्जिने तीजका भाका-कुनै

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन चिनियाँ ड्रोन (फिटो फिचर)

काठमाडौँ – बाढी प्रभावित दुर्गम क्षेत्रमा खाद्यान्न तथा आपत्कालीन राहत

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी-२० शृङ्खला खेल्ने

काठमाडौँ – जापानी क्रिकेट टोलीका लागि आगामी सेप्टेम्बर महिना निकै

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

ताप्लेजुङ – अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधि साविक विजेता