आजको मौसम : यी स्थानमा हुँदैछ वर्षा  | Khabarhub Khabarhub

आजको मौसम : यी स्थानमा हुँदैछ वर्षा 


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज बिहान प्रदेश १, गण्डकी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्यता बदली रही थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

बाँकी प्रदेशका कुनै स्थानमा आंशिक बदली भए पनि अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। आज दिउँसो पनि देशभर आंशिकदेखि सामान्यता बदलीको सम्भावना छ।

राती देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिकदेखि मौसम सामान्यता सफा रहने महाशाखाको अनुमान छ। प्रदेश १, बागमती र  गण्डकीका थोरै र अन्य प्रदेशका एक-दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ६ : १७ बजे

सहकारी प्रकरण : सात सदस्यीय संसदीय समिति बन्ने, समयावधि तीन महिना

काठमाडौं – सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच सहकारी ठगी प्रकरण छानबिनका

बालुवाटार बैठक : टिओआरबारे दलहरू सहमति नजिक, भोलि अन्तिम रूप दिने

काठमाडौं । सहकारी ठगी प्रकरणमा गठन गर्ने भनिएको संसदीय छानबिन

यस्ता छन् राप्रपा केन्द्रीय समिति बैठकका निर्णयहरु

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठक सोमबार

कोशीमा गणतन्त्र दिवस तीन दिन मनाइने

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज बसेको

आजको अर्थसंक्षेप : जलविद्युत आयोजनाबाट रोयल्टी उठाउन बाँकीदेखि रात्रिकालीन व्यवसायीको चेतावनीसम्म

काठमाडौं – महालेखापरीक्षकको कार्यालयले विभिन्न जलविद्यत आयोजनाबाट २८ करोड ६९