छानबिन समितिले आज अर्थ मन्त्रालयका अधिकारीसँग बयान लिँदै « Khabarhub

छानबिन समितिले आज अर्थ मन्त्रालयका अधिकारीसँग बयान लिँदै


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिले आज अर्थ मन्त्रालयका अधिकारीहरू छलफल गर्ने भएको छ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई मन्त्रालयमा लगेर करको दर हेरफेर गरेको विषयमा मन्त्रालयका कर्मचारीहरुसँग छलफल लिने तयारीमा रहेको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिएका छन्।

समितिले अर्थ सचिव मधु मरासनी, राजस्व सचिव कृष्णहरि पुष्कर, बजेट तथा राजस्व महाशाखाका सहसचिवहरु, भन्सार तथा आन्तरिक राजस्व विभागका महानिर्देशकहरुलाई बयानका लागि छुट्टाछुटै बोलाएको छ । अर्थ मन्त्रालयका अधिकारीहरुलाई तीन चरणमा समितिमा बोलाउने र बयान लिने समितिका एक सदस्यले जानकारी दिएका छन् ।

शुक्रबार मन्त्रालयले बजेट निर्माणसम्बन्धी कागाजात र सीसीटीभीको फुटेझ समितिलाई बुझाएको उनले बताए। त्यसमाथि आवश्यक छानबिन बाँकी छ। आज पाँचौँ दिन आज ११ बजे बैठक बस्दै छ। समितिलाई छानबिनका लागि १० दिनको समय तोकिएको छ ।

छानबिनमा सघाउने भन्दै जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले असार २२ गते ११ सदस्यीय संसदीय विशेष समिति गठन गरेका थिए ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ७ : १९ बजे

नारायणी पुलमा आवतजावत पूर्ण रुपमा बन्द (तस्बिरहरू)

काठमाडौं– बाढीले बगाएको क्रुजसिप नारायणी पुलमुनि अड्किएपछि पुलमा आवतजावत पुर्ण

माझी बस्तीमा पस्यो कालीगण्डकी

काठमाडौं– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वतको कुश्मा नगरपालिका-१ मालढुङ्गा

स्थापनाको दुई दशक पूरा गर्दै ग्लोबल आईएमई बैंक, दिगो र डिजिटल बैंकिङ्गमा जोड

काठमाडौं– ग्लोबल आईएमई बैंकले दुई दशकको यात्रा पूरा गरेको छ

सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो

वालिङ– अविरल वर्षासँगै कालीगण्डकी नदी र सेतीखोलामा आएको बाढीका कारण

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र