चुनाव नजिकिएसँगै वाह्य शक्तिको चलखेल बढ्यो : कमल थापा « Khabarhub

चुनाव नजिकिएसँगै वाह्य शक्तिको चलखेल बढ्यो : कमल थापा


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संसदीय निर्वाचन नजिकिएसँगै वाह्य शक्तिको चलखेल बढेको बताएका छन् ।

शनिबार बिहानै सामाजिक सञ्जालमार्फत थापाले महाशक्ति राष्ट्रहरु नेपालमा आफू अनुकुल कठपुतली तयार गर्ने होडमा जुटेको आरोप लगाएका हुन् । ‘संसदीय ​ चुनाव नजिकिँदै गर्दा वाह्य शक्तिहरूको चलखेल बढेको छ। महा शक्तिहरु आफ्नो अनुकुल ‘कठपुतली’ तयार गर्ने होडमा छन्।’ उनले भनेका छन् ।

छिमेकी मुलुक भारतको दिल्ली, चीनको वेइजिङ र अमेरिकाको वाशिंगटनमा पानी पर्दा नेपालमा छाता ओड्ने जमात बढ्दै गएको उनले टिप्पणी गरेका छन् । साथै उनले देशमा राष्ट्रवादी शक्ति निरीह बन्ने खतरा रहेको पनि औल्याएका छन् ।

‘दिल्ली, वेईजिङ र वाशिंगटनमा पानी पर्दा काठमाडौँमा छाता ओढ्ने जमात खोज्दै छन्। राष्ट्रवादी शक्ति निरीह बन्ने खतरा छ। नेपाली जनता सचेत बनौँ,अझै केही राष्ट्रवादी जिउँदै छन् ।’ थापाले लेखेका छन् ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ९ : २४ बजे

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि

सुनको मूल्य स्थिर : चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते अन्तर्वार्ता हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना