ठमेलमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु « Khabarhub

ठमेलमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बङ्गलादेशका वरिष्ठ कलाकार एसएम सुल्तानको स्मृतिमा तीनदिने अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको छ। एसएम सुल्तान फेन आर्टिस्ट गुप्रले जिपी कोइराला फाउण्डेशन आर्ट एण्ड कल्चर डिपार्टमेन्टको सहकार्यमा मिथिला येँ आर्ट ग्यालरी ठमेलमा शुक्रबारदेखि अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको हो ।

प्रदर्शनीमा नेपाल, बङ्गलादेश, भारत, थाइल्याण्ड, जिम्बाबे, अमेरिका, बुल्गेरिया, रसिया, मलेसिया, टर्की र श्रीलङ्काका कलाकारका चित्र प्रदर्शनीमा राखिएका छन् ।

उक्त प्रदर्शनको शुभारम्भ गर्दै वरिष्ठ कलाकार ज्ञानेन्द्रमान अमात्यले विश्वका सबै कलाको आ–आफ्नो विशेषता रहेको बताउँदै यस्ता कला प्रदर्शनीले अन्तर्राष्ट्रियस्तरमा नेपाली कलालाई जोडेको बताए।

नेपालका लागि बङ्गालदेशका राजदूत सलाउद्दीन नोमन चौधरीले संस्कृति र प्रकृतिले सुन्दर नेपालमा कला प्रदर्शन गर्नु बङ्गलादेशी कलाकारका लागि खुसीको कुरा भएको बताए। उनले आगामी दिनमा पनि यस्ता कला प्रदर्शनीलाई निरन्तरता दिइने प्रतिबद्दता जनाएका छन्।

बङ्गलादेशका वरिष्ठ कलाकार मलायकुमार कुन्दु तथा लेखक तीर्थ निरौलालगायतले नेपाल र बङ्गलादेशको सांस्कृतिक सम्बन्धलाई कलाले जोडेको दाबी गरे । जिपी कोइराला फाउण्डेशन आर्ट एण्ड कल्चरका संयोजक रामसुन्दर यादवले फाउण्डेशनले संसारभरका कलाकारलाई जोड्ने काम गर्दै आएको बताए।

उनले १७ वर्षदेखि सञ्चालनमा रहेको मिथिला येँ आर्ट ग्यालरीमा हालसम्म ३०० भन्दा बढी स्वदेशी तथा विदेशी कला प्रदर्शन गरिसकेको बताए। तीन वर्षदेखि फाउण्डेशनको सहकार्यमा कला प्रदर्शन गर्दै आएको उनको भनाइ छ । बङ्गलादेशका ३५, भारतका १९, नेपालका दुई र विभिन्न देशका गरी ६९ कलाकाका चित्र प्रदर्शनमा राखिएका छन् ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ९ : ५३ बजे

होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै प्रदर्शनमा उत्रिए सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं– वैकल्पिक व्यवस्था नगरी आफूहरूलाई होल्डिङ सेन्टरबाट हटाउन लागेको भन्दै

रास्वपा महाधिवेशन : ५० करोड रुपैयाँ भन्दा बढीको व्यापार

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन

प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौं– प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ । शुक्रबार

विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विरोध र आलोचना लोकतन्त्रको

विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट आएको सन्देश राष्ट्रियसभामा टेबुल

काठमाडौं– ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभा