‘कोरा भक्तपुर साइक्लिङ यात्रा’ सुरु « Khabarhub

‘कोरा भक्तपुर साइक्लिङ यात्रा’ सुरु


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुरको पर्यटकीय क्षेत्रलाई विश्वमाझ चिनाएर स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्न भक्तपुरमा ३०० बढीले साइकल यात्रा सुरु गरेका छन् ।

पैदल र प्याडलमैत्री सहर मुख्य नारासाथ साइकल कनेक्ट भक्तपुरको आयोजनामा आज बिहान साइक्लिङ च्यालेन्ज यात्रा कार्यक्रमअन्तर्गत ‘भक्तपुर कोरा २०२२’ सुरु भएको हो ।

साइकल कनेक्ट भक्तपुरका अध्यक्ष सुनिल बालाले भक्तपुर, काठमाडौँ, ललितपुर तथा काभ्रेपलाञ्चोकको सिमानासम्मका पर्यटकीय एवं सम्पदास्थलको साइकलबाट परिक्रमा गर्ने गरी भक्तपुर दरबास्क्वायरबाट ५०, ७५ र १०० किलोमिटरको तीनवटा रुटमा यात्रा सुरु गरेको जानकारी दिए ।

च्यालेन्जमा ५० किलोमिटरमा आठ महिलासहित १३८, ७५ किलोमिटरमा दुई महिलासहित ४७, १०० किलोमिटरमा तीन महिलासहित १०७ र अन्य ३०० भन्दा बढीको सहभागिता छ। अध्यक्ष बालाले भने, ‘पर्यटकको आगमन बढाउन र कोरोनाबाट मृत्यु भएका साइक्लिष्ट यमलाल रसाइको परिवारलाई सहयोग गर्न रु छ लाखको कोष स्थापनाको लक्ष्य छ।’

कार्यक्रम संयोजक सुनिल ख्याजुले तीनवटा रुट बनाएर भक्तपुरका चारै नगरपालिकाका सहरदेखि ग्रामीण क्षेत्रसम्मका आकर्षक पर्यटकीय क्षेत्रको अवलोकन गरिने बताए। ‘यात्रामा सहभागी होटल हाइल्याण्ड रिसोर्ट रानीकोटका सञ्चालक रामसुन्दर बकेँले साइकलबाट आन्तरिक तथा बाह्य पर्यटनको विकास गर्न सकिन्छ।’ उनले भनेका छन् ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  १० : ४८ बजे

एक महिनापछि चल्यो च्याममा फोरजी सेवा

हुम्ला– नेपाल टेलिकमको अवरुद्ध फोरजी सेवा सञ्चालनमा आएको छ ।

सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबिच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालको नेतृत्वमा अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख मिल्टन

मिनेन्द्रले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि