विपन्नको राहतमा दलीय भागबन्डा भएपछि झडप, १८ जना घाइते « Khabarhub

विपन्नको राहतमा दलीय भागबन्डा भएपछि झडप, १८ जना घाइते


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – राहत वितरणमा दलीय भागबन्डा गरिएपछि नवलपरासीमा दुई पक्षबीच झडप भएको छ । झडपका कारण १८ जना घाइते भएका छन् । नवरपरासीको सरावल गाउँपालिका वडा नम्बर ५ मा विपन्नहरुले पाउने राहतमा नवलपरासीका जनप्रतिनिधिहरुले दलीय आधारमा भागबण्डा गरेपछि विवाद उत्पन्न भएको हो ।

दलीय भागबण्डामा कसरा नमिलेपछि उत्पन्न विवादका कारण एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको थियो । जनप्रतिनिधिबीचको विवाद बाहिर आएपछि कांग्रेस र एमालेका कार्यकर्ताबीच कुटाकुट हुँदा १८ जना घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कडेलका अनुसार घाइते १८ मध्ये ६ जनाको अहिले लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भइरहेको छ । घाइते हुनेमा कांग्रेसका ८ र एमालेका १० जना रहेको प्रहरीले जनाएको छ । दुई पक्षले इट्टा र ढुंगा प्रहार गर्दा उनीहरू घाइते भएका हुन् । टाउकोमा चोट लागेका उनीहरुको अवस्था भने सामान्य बन्दै गएको प्रहरीले जनाएको छ ।

कोरोनाबाट प्रभावित अतिविपन्नका लागि संघीय सरकारबाट गाउँपालिकाको वडा नम्बर ५ मा आएको रकम वितरणका लागि आएको नाममा विवाद हुँदा भएको कुटाकुटमा उनीहरू घाइते भएका हुन् । रकम वितरणमै विवाद हुँदा चार दिनदेखि बन्द भएको अर्को वडा (वडा नं२)को कार्यालय अहिलेसम्म खुल्न नसकेको गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताए । कोटा लिएर रकम वितरण हुँदा वास्तविक विपन्नहरु रकम पाउनबाट बञ्चित हुने देखिएको छ ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ११ : १० बजे

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि

सुनको मूल्य स्थिर : चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते अन्तर्वार्ता हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना