समलिंगीको प्रेमकथामा ‘मिरा’ « Khabarhub

समलिंगीको प्रेमकथामा ‘मिरा’


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– समलिंगी प्रेमकथामा आधारित सर्ट फिल्म  ‘मिराः दी टेल्स अफ लाइफ’ निर्माण भएको छ । फिल्मको ट्रेलर शुक्रबार साँझ युट्युब च्यानल अश्भी फिल्म्सबाट रिलिज गरिएको हो ।

फिल्ममा अनिता पण्डितको निर्माण तथा निर्देशन छ । पेशाले सफ्टवेयर इन्जिनियर रहेता पनि दर्शकलाई फरक स्वाद दिने उद्देश्यका साथ पण्डितले यस फिल्मको निर्माण गरेकी हुन् । फिल्मको कथा पक्ष नै कमजोर भइरहेको भन्दै लामो समयदेखि बहस भइरहेका बेला नेपाली फिल्म क्षेत्रलाई चुनौती दिँदै आफू यस क्षेत्रमा आएको निर्देशक पण्डित बताउँछिन् ।

भोलिका दिनमा पनि अन्य फिल्महरूको निर्माण तथा निर्देशन गरी दर्शकलाई नयाँपन दिँदै यसै क्षेत्रमा सक्रिय भएर अघि बढ्ने उनको भनाई छ । फिल्ममा उनी कलाकारको रूपमा पनि देखिएकी छन् । उनलाई अभिनयमा कलाकार अर्नभी ढुङ्गाना, मौसम खड्का र अभिषेकले साथ दिएका छन् ।

अनिल कटुवालले दृश्य कैद गरेको भिडियोलाई बिजेश पौडेलले सम्पादन तथा कलरिङ गरेका हुन् भने फिल्मको साउन्ड डिजाइन सन्जल भण्डारीको रहेको छ । फिल्ममा स्पट डाइरेक्टरको रूपमा अशोक भुजेलले साथ दिएका छन् ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  १ : ५१ बजे

एक महिनाभित्र प्रदेशका सबै कर्मचारीको अभिलेख अद्यावधिक गर्न निर्देशन

महेन्द्रनगर– मधेस प्रदेश सरकारले एक महिनाभित्र प्रदेशका सबै स्थानीय तहलाई

युक्रेनको राजधानीमा शक्तिशाली विस्फोट

एजेन्सी– युक्रेनको राजधानी किएभमा मिसाइल आक्रमणको खतरा रहेको अधिकारीहरूले चेतावनी

प्रदेश संरचना खारेज नगरी विकास सम्भव छैन : ज्ञानेन्द्र शाही

बिर्तामोड (झापा) — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र

आगामी चुनावबाट देशले जित्नुपर्छ : अध्यक्ष लिङ्देन

 बिर्तामोड– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू केवल

नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा. थापा

काठमाडौं– नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा. विजय थापा