दुई केन्द्रिय सदस्यसहित ६९ जनाद्वारा जसपा परित्याग « Khabarhub

दुई केन्द्रिय सदस्यसहित ६९ जनाद्वारा जसपा परित्याग


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का दुई केन्द्रिय सदस्यसहित ६९ जनाले सो पार्टी परित्याग गरेका छन । संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई कारवाही गरेको भोलिपल्ट सो पार्टीका केन्द्रिय सदस्यद्वय विरेन्द्रप्रसाद यादव र टेकबहादुर शाक्यसहित ६९ जनाले पार्टी परित्याग गरेका हुन् ।

विरगञ्जमा पत्रकार सम्मेलन गर्दै पर्सा जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्यदेखि वडा सदस्यले पार्टी परित्याग गर्दै अध्यक्ष यादवले पार्टीलाई स्वेच्छाचारिता र एकलौटी ढंगले चलाएको आरोप पनि लगाएका छन ।

‘देश र समग्र जनताको परिवर्तनका साथै नेपाली आदिवासी, जनजाति, मधेसी, दलित, थारू, पिछडावर्ग, सीमांकृत वर्गको समानुपातिक समावेशी अधिकार सुनिश्चितता गर्ने महान उद्देश्यका साथ पार्टीको जन्म भएको यथार्थलाई उल्टाएको उनीहरूले आरोप लगाएका छन् । 

पार्टी स्वेच्छाचारिता र एकलौटी ढंगबाट सञ्चालन भएको, नीति, नियम र नेतृत्व प्रस्ट नभएको, पार्टीका संगठनात्मक संरचनामा नभई पार्टीमा व्यक्ति, ठेकेदार र भ्रष्टाचारी हावी भएको र पार्टीमा देश जनताको हितमा नभई सीमित आसेपासे, नातेदारको चंगुलमा डुब्दै गएको’ उल्लेख गर्दै उनीहरूले पार्टी परित्याग गरेको जनाएका छन ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  २ : १९ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको