रौतहटको बागमतीमा बेपत्ता भएकाको शव फेला « Khabarhub

रौतहटको बागमतीमा बेपत्ता भएकाको शव फेला


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट –धार्मिक पर्यटकीय स्थल नुनथरमा पिकनिक खान आएका एक जनाको बागमती नदीमा डुबेर मृत्यु भएको छ । चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित बागमती नदीमा डुबेर बेपत्ता पारस यादवको मृत्यु भएको हो ।

गत शुक्रबार धनुषा जिल्ला क्षिरेश्वर–५ बाट परिवारसहित पिकनिक खान आएका यादव बाग्मती नदीमा डुबेर बेपत्ता भएको र खोजबिन गर्दा उनको शव बागमती सिँचाइ आयोजनाको ब्यारेजमा अड्केको अवस्थामा फेला परेको थियो ।

बुबाआमासहित पिकनिक खान आएका यादव अन्य दुईजनासहित पौडी खेल्न साँझ साढे पाँच बजेतिर बागमती नदीमा पुगेका थिए, तीनजना मध्ये महाराजा जैसवार र अमर यादव नदीबाट पौडिएर बाहिर निस्के पनि यादव भने बेपत्ता भएका थिए । प्रहरीका अनुसार बाग्मती ब्यारेजमा मृत भेटिएका यादवको शव पोष्टमार्टमका लागि चन्द्रपुर सरकारी अस्पताल पठाइएको छ ।

यसअघि पनि दुई भारतीयको बागमती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । भारत, बिहार सीतामढी जिल्लाका मयंककुमार जयसवाल र गोलुकुमार भन्ने रितेश  साह बागमती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । केही दिनपछि उनीहरूको शव घटनास्थलभन्दा करिब १५ किलोमिटर दक्षिणतर्फ फेला परेको थियो ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ३ : ०१ बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच