जलविद्युत् प्रवर्द्धनका लागि भारतीय लगानीकर्तालाई प्रचण्ड आव्हान « Khabarhub

जलविद्युत् प्रवर्द्धनका लागि भारतीय लगानीकर्तालाई प्रचण्ड आव्हान


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलविद्युतको क्षेत्रमा थप लगानी विस्तार गर्न भारतीय प्रवर्द्धकलाई स्वागत गर्न नेपाल आतुर रहेको बताएका छन् ।

तीन दिने भारत भ्रमणमा रहेका अध्यक्ष दाहालले आज ‘फाउन्डेशन फर पब्लिक अवेयरनेस एन्ड पोलिसी’ (एफपिएपि) द्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कृषि, पूर्वाधार, सम्पर्क सञ्जाल, निर्यातजन्य लघु, साना तथा मझौला उद्योगलगायत उच्च सम्भावना भएका क्षेत्रलाई प्राथमिकतामा राखिएको बताए ।

जलविद्युत् उत्पादनमा नेपालमा प्रचुर सम्भावना रहेको उल्लेख गर्दै उनले भारत विश्व अर्थतन्त्रको मुख्य  केन्द्र बन्दै गरेको अवस्थामा विद्युतीय ऊर्जाको माग बढी रहेको बताए । ऊर्जा क्षेत्रमा भएका द्विपक्षीय सहकार्यमार्फत दुवै देशले सामूहिक लाभ लिन सक्ने जनाउँदै उनले ऊर्जा सुरक्षा र हरित विकासमा नेपालको जलविद्युत महत्त्वपूर्ण हुने बताए ।

ऊर्जा क्षेत्रमा सहकार्यका लागि नेपाल र भारत गत अप्रिलमा सहमति भएको उल्लेख गर्दै उनले सोही आधारमा दीर्घकालीन रूपमा जलविद्युतको विकास गरिने बताए। नयाँ प्रसारण लाइनमार्फत अन्तर्देशीय प्रसारण लाइनको सबलीकरण गरिएको र यसबाट दुई देशबिचको ऊर्जा व्यापारको सम्भावना थप विस्तार भएको उनले बताए ।

‘नेपालबाट ३६० मेगावाट विद्युत भारत निर्यात भइरहेको छ, यसलाई दीर्घकालीन रूपमा विस्तार गर्न चाहन्छौँ’, पूर्वप्रधानमन्त्री दाहालले भने, ‘नेपाल–भारतबिच भएको पछिल्लो समझदारीका आधारमा बङ्गलादेश, भूटान, भारत र नेपाल सम्मिलित (बिबिआइएन) मार्फत क्षेत्रीय विद्युत् व्यापारका लागि मार्ग प्रशस्त भएको छ ।’

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ४ : ४० बजे

सिँचाइ विकाससँगै कृषि उत्पादन र रोजगारी विस्तारमा मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा– पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा बढीको

‘गरिमालाई न्याय हरेक छोरीको सुरक्षा हो’

न्यायको प्रक्रिया नबिगारौँ, विधि र संविधानभित्रै बसेर गरिमाहरूलाई न्याय दिऔँ

अस्ट्रेलियामा स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको पहिलो सङ्क्रमण पुष्टि

मेलबर्न– अस्ट्रेलियामा पहिलोपटक स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको सङ्क्रमण पुष्टि

टोकियो क्षेत्रमा भूकम्पको धक्का, ३७ जना घाइते

टोकियो– जापानको पूर्वी क्षेत्रमा आइतबार बिहान पाँच दशमलव नौ म्याग्निच्युडको