वामपन्थी एकता चाहनेले गठबन्धन छाडेर आउन ओलीको चूनौति « Khabarhub

वामपन्थी एकता चाहनेले गठबन्धन छाडेर आउन ओलीको चूनौति


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकता चाहने भए कांग्रेसको गठबन्धन छाडेर आउन चूनौति दिएका छन् । 

नेपाल चीन हिमालय मैत्री समाजले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले साँच्चिकै बामपन्थी हो भने कांग्रेसको साथ छाडेर बामपन्थी एकतामा आउन माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई चुनौती  दिएका हुन् ।

उनले कम्युनिस्ट सरकार ढालेर कांग्रेस नेतृत्वको सरकार बनाउँनका लागि अदालतमा मुद्दा हाल्न पनि बामपन्थी भन्नेहरू नै अदालत गएको जिकिर गरे । गठबन्धनभित्रै बसेर वामपन्थी भनेर एकताको कुरा गर्न नसुहाउने उनले बताए । उनले एमालेसंग मिलेर देश, लोकतन्त्र र मुलुकका लागि काम गर्ने सरकार बनाउन समेत आह्वान गरे ।

अध्यक्ष ओलीले विगतमा भएका गल्ती कमजोरीलाई सच्चाउँदै राष्ट्रिय हितलाई सर्वोपरि राखेर दलहरू अघि बढ्नुपर्ने बताए । ओलीले एमसीसीका नाममा आफूलाई बदनाम गर्ने कोसिस भएको भन्दै आफूले देश र जनता विपरित कुनै पनि काम नगर्ने स्पष्ट पारे । राष्ट्रियताका विषयमा संसद्मा छलफल हुनुपर्ने भएपनि संसद्ले राष्ट्रियता आकांक्षा विपरित अंकगणितिय अभ्यासमा काम गरेको तर्क गरे । उनले वर्तमान गठबन्धन स्वार्थका लागि भएको र एउटा काम पनि देश र शासनका लागि गर्न नसकेको बताए

त्यस्तै नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले घटनाक्रमको विषयवस्तुमा गम्भीर आत्मसमीक्षा गर्दै वामपन्थीहरूको एक हुनुपर्ने बताएका थिए  । उनले नेपाली भूमि वा राजनीतिलाई प्रयोग गर्ने खेल भएको भन्दै सबै सचेत रहनुपर्ने बताए।

कार्यक्रममा कांग्रेस नेता चन्द्र भण्डारीले नेपालले भारत र चीनबाट लाभ लिइसक्नुपर्ने बताएका थिए । उनले नेपाल असंलग्न भएको बताउँदै युक्रेन बनाउने बाटोमा जान नहुने जिकिर गरे । 

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ७ : ४८ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको