मालीमा भएको आक्रमणमा छ जनाको मृत्यु | Khabarhub Khabarhub

मालीमा भएको आक्रमणमा छ जनाको मृत्यु


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मालीको राजधानी बामाको नजिकै सडक चेकपोस्टमा भएको आक्रमणमा छ जनाको मृत्यु भएको छ ।

मालीको सुरक्षा मन्त्रालयले जनाएअनुसार सो घटनामा दुई जना घाइते भएका छन् । राजधानी बामाकोबाट करिब ७० किलोमिटर पूर्वमा रहेको जान्तिगुइलाको सडक चेकपोस्टमा हमला भएको मन्त्रालयले जनाएको छ ।

आक्रमणमा घाइते हुनेहरूमा दुई महिला, एक प्रहरी र तीन सर्वसाधारण रहेका छन् । तर आक्रमण कसले गरेको हो भन्ने हालसम्म खुलाइएको छैन ।

जुनको शुरुमा, दक्षिणी मालीको कौटियाला सडक चेकपोस्टमा यस्तै आक्रमण हुँदा आठ जनाको मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए ।

मालीले सन् २०१२ देखि सुरक्षा, राजनीतिक र आर्थिक सङ्कटको सामना गरिरहेको छ । विद्रोह, जिहादी आक्रमण र अन्तर-सामुदायिक हिंसाले हजारौंको ज्यान गएको छ भने हजारौं विस्थापित भएका छन् ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  १० : ५३ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल असोज ३१ गते शुक्रबार। कात्तिक

आज २०८२ साल असोज ३१ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल असोज ३१ गते शुक्रबार। कात्तिक

तीन उद्योगले तिरे ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’को विद्युत् महसुल बक्यौता किस्ता

काठमाडौं – डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगले प्रिमियम