सिजनल फ्लु फैलिएको छ, कोरोना पनि परीक्षण गरौँ | Khabarhub Khabarhub

सिजनल फ्लु फैलिएको छ, कोरोना पनि परीक्षण गरौँ



काठमाडौँ – नेपालमा अहिले वर्षायामको समय चलिरहेको छ । यो समयमा अधिकांशमा साझा रुपमा देखिने विभिन्न समस्यामध्ये ‘फ्लु’ को समस्या पनि प्रमुख रहेको छ । इन्फ्लुएन्जा भाइरसको कारण व्यक्तिमा देखिने श्वासप्रश्वास सम्बन्धीको रोग धेरै छ । अर्को शब्दमा ‘एन्फ्लुएन्जा’ पनि भनेर चिनिने यसलाई श्वासप्रश्वास सम्बन्धी देखापर्ने रोगको प्रमुख कारक तत्वको रुपमा लिइन्छ । जसले गर्दा धेरैलाई सताएको छ । देशैभरका अस्पतालमा मौसमी फ्लुका बिरामी बढ्न थालेका छन् । बढ्दो मौसमी फुलुका बारेमा जनरल फिजिसियन डा. युएन पाठकसँग विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

सिजनल फ्लु कस्तो समस्या भनेर बुझ्ने हामीले ?
यो अहिले भाइरल इन्फेक्सनबाट सरिरहेको छ । यसमा ज्वरो आउने नाकबाट पानी आउने, हाच्छ्युँ आउने हुन्छ । अहिले कोरोना महामारीको चौथो लहर पनि यसै साग मिल्दो जुल्दो भइरहेको छ । यो दुवै एकै पटक आउँदा बिरामी र डाक्टरमा पनि कन्फ्युजन भएको छ । यदि नाकबाट पानी आएको छ। हाच्छ्युँ लागेको छ जीउ दुखेको थकाइ लाग्ने छ भने त्यो सिजनल फ्लु हो किन भन्ने कोरोनामा यो लक्षण प्राय देखिँदैन त्यसैले यसलाई छुटाउन यो नै तरीका मान्छौँ ।

घरमा नै बसेर मलाई कोरोना भयो या सिजनल फ्लु भयो भनेर कसरी छुटाउन सकिन्छ ?
नाकबाट पानी बग्ने, हाच्छ्युँ आउने कोरोनामा प्राय: हुँदैन । कोरोनामा ज्वरो धेरै हुन्छ । कोरोनामा झाडापखाला पनि हुन सक्छ । त्यसैले हामी चिकित्सकहरूले जसलाई ज्वरो धेरै आएको, जसलाई जिउ धेरै दुखेको छ । त्यस्तो बिरामी आउँदा कोरोनाको परीक्षण गर्छौँ । यति कोहीलाई तीन दिन लगातार १०३ डिग्री भन्दा बढी ज्वरो आएको छ । थकान भएको छ स्वा स्वा भएको छ भने चिकित्सकसँग परामर्श लिएर करोनाको पनि परीक्षण गर्नुहोस् भन्न चाहन्छु । ३ दिन भित्र कमन कोल्डमा आराम गर्नुहुन्छ भने यो ठिक हुन्छ ।

सिजनल फ्लु कस्तो कस्तो र कस्ता कस्ता व्यक्तिमा धेरै देखिने गरेको छ ?
अहिले यो गर्मीको समयमा प्रदूषण धेरै फैलिरहेको छ । त्यसकारण बाहिर सकभर नजाने यदि जानै परे मास्क लगाएर जाने र घरमा फर्कीसके पछि सामान्य तातो पानीमा नुन राखेर कुल्ला गर्दा राम्रो हुन्छ ।

अहिलेको अवस्थामा यो समस्या भए पछि घरमा नै उपचार गर्दा के के गर्ने ?
सिजनल फ्लुको बिरामीलाई पहिला देखि नै डाइबेटिज, मुटुको रोग दमको रोग र इम्युनिटी कम भएको छ भने विशेष ख्याल राख्नुपर्दछ । अस्पतालमा आएर चिकित्सकसँग परामर्श लिनुपर्छ । यदि यी अन्य रोगहरू छैनन् भने यस्तो बिरामीलाई २४ देखि ७२ घण्टा घरमा आराम दिएर नै राख्नु राम्रो हुन्छ ।

कस्तो अवस्था भयो भने हामी अस्पताल जानै पर्दछ ?
यदि कसैलाई पहिला देखि नै डाइबेटिज, मुटुको रोग दमको रोग र इम्युनिटी कम भएको छ भने त्यो बिरामीले र गर्भवती महिलाहरू अस्पतालमा गएर चिकित्सक सँग परामर्श लिनु पर्दछ । तर यी रोगहरू नभएको मानिसहरूले ७२ घण्टा घरमा नै आराम गर्नु पर्दछ ।यो सिजनल फ्लुको उपचार नै छैन भनिन्छ । यसको वास्तविकता के हो ? यो सिजनल फ्लुको ब्याक्टेरिया को इन ह्याुमिनिटज एन्टी भ्याक्सिन हुन्छ त्यसको एन्टी भाइरल ट्याब्लेट छ तर महँगो छ त्यसैले हाम्रो जस्तो देशमा त्यति उपलब्ध छैन । जसलाई यो सिजनल फ्लु भएको छ त्यसलाई यो भ्याक्सिन या ट्याब्लेट दिनै पर्दछ भन्ने छैन । किन भने यो ८० देखि ९० प्रतिशत मानिसमा इम्युनिटीमा नै निको हुन्छ । ३ दिन १०३ भन्दा बढी ज्वरो आएको छैन थकान भएको छैन स्वा स्वा भएको छैन भने आतिनु पर्दैन यो केही समयमा त्यत्तिकै निको हुन्छ । दमको बिरामीलाई हामीले इन्फ्रेन्जा भ्याक्सिन दिन्छौँ । यसले धेरै मान्छेलाई फाइदा पुगेको छ । त्यसैले दमको बढी उमेरको, डाईबेटिज भएको मुटु रोग भएको बिरामीलाई बर्सेनि इन्फ्रेन्जा भ्याक्सिन लिँदा राम्रो हुन्छ । धेरै ठाउँमा ५ वर्षमा ४ वर्षमा निमोकोकोल भ्याक्सिन पनि लगाउने गर्दछन् यसले निमोनियाबाट बचाउँछ ।

यो इन्फ्रुन्जा विरुद्धको भ्याक्सिन जो कोहीले लिन मिल्ने हो की के छ ?
अरू खोप जस्तै हो तर । यो महँगो छ । कतै १८०० छ कतै २००० सम्मको छ । सबैले लगाउने भन्दा पनि जसलाई दम छ, डाईबेटिज, मुटु रोग छ भने त्यस्तो व्यक्तिले लगाउँदा हुन्छ । इन्फ्रेन्जा भ्याक्सिन प्रत्येक वर्ष लगाउनु पर्दछ र निमोकोकोल भ्याक्सिन ४ देखि ५ वर्षको बिचमा लगाउँदा राम्रो हुन्छ ।

समयमा नै अस्पताल गइएन भने पछाडि कस्तो जोखिम हुन्छ ?
फ्लु भ्याक्सिनमा जसको इम्युनिटी कम छ । त्यसलाई चाँडो निको हुँदैन । यसलाई अङ्ग्रेजीमा सन् भ्यालिसेन्ट पिरियड लामो हुन्छ ।कसैलाई सुपराइिडेड इन्फेक्सन भयो भने पहेँलो खकार आउनु खोकी बढी लाग्नु कसैलाई निमोनिया भएर सकस हुनु,त्यो नै धेरै भयो भने ए एल डी एस अथवा कडा किसिमको इन्फेक्सन रगतमा गएर सेप्टी सिनिया र सेप्टी सफट तिर पनि जान्छ । त्यो थोरै मान्छेमा पाइन्छ । तर हेल्चेक्राई गरेर उमेर ८० वर्ष भन्दा बढी छ र विभिन्न रोगहरू छ भने कहिलेकाहीँ मृत्यु पनि हुन सक्छ ।

यसमा कस्तो कस्तो खाना खानै पर्ने हुन्छ ?
सादा खाना गरम खाना खाने,लामो समय फ्रिजमा राखेका खाना नखाने जस्तो कोक फेन्टा आइसक्रिमहरू नखाने । परिवारमा कसैलाई भयो भने त्यो मान्छेलाई २४ देखि ७२ घण्टा छुट्टै राख्नु पर्दछ । र बाहिर कसैलाई यो भयो भने उ बाट टाढा बस्ने । फ्रिजमा राखेको खाना बाहिर राखेर तताएर खादा पनि केही न केही भाइरल को चान्स हुन्छ । यस्तो समस्या भएका बिरामीलाई यस्तो खाना नखुवाउने ।

यो सिजनल फ्लु लागेका बिरामीहरूमा छिटो निको होस् भनेर के कुरमा ध्यान दिनु पर्दछ ?
यदि अरू समस्या छैन भने नआत्ती पर्याप्त मात्रमा आराम गर्ने गर्दा यो चाँडो निको हुन्छ ।

यो लाग्नै नदिन के के कुराम ध्यान दिने त ?
यो समस्या भएको मान्छेको संसर्गमा नै नजाने । बाहिर नजाने । गए पनि बिहान बेलुका मनतातो पानीमा नुन राखेर कुल्ला भने ताजा र तातो खाना खाने । जुन पनि औषधिहरू नखाने ।

अन्त्यमा, थप के सुझाव दिनुहुन्छ ?
फ्लुबाट डराउनु हुँदैन यदि भइहाल्यो भने रुघाखोकी पछि स्वा स्वा भइरहेका छ जिउ दुखेको छ धेरै थकित भयो भने आराम गर्ने । औषधि खाने । कोरोनाको भ्याक्सिन दिएको भए पनि कोरोनाको परीक्षण गराउनु पर्दछ ।
(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

 

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ७ : ०३ बजे

अफगानिस्तानमा विस्फोट : तीन बालबालिकाको मृत्यु, तीन घाइते

काबुल – अफगानिस्तानको बडाख्शान प्रान्तको जेबाक जिल्लामा शुक्रबार बिहान बारुद

गण्डकीमा कर्मचारी व्यवस्थापनमा मनोमानी, गुनासो आए मुख्यमन्त्रीको सचिवालयलाई देखाउँदै पन्छिँदै

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कात्तिक १२ गते

मोरङको सुन्दरहरैँचास्थित पञ्चायत मावि भवनको शिलान्यास

काठमाडौं– मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित पञ्चायत माध्यमिक विद्यालयको विद्यालय भवन निर्माणको

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाइने

काठमाडौं– एनसेलका ग्राहकले एनसेल एपमार्फत अब प्रत्येक१०० रुपैयाँ र सो भन्दा