नेपाली सेना र अमेरिकी सेनाको संयुक्त तालिम आजदेखि « Khabarhub

नेपाली सेना र अमेरिकी सेनाको संयुक्त तालिम आजदेखि


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली सेना र अमेरिकी सेनाबीचको एक महिने संयुक्त तालिम आज सुरु हुँदैछ ।

३९‌औँ संस्करणको एक्स–ब्यालेन्स नेल नामक तालिम आगामी भदौ ३१ गतेसम्म हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

रक्षा मन्त्रालयको स्वीकृतिमा २०६० सालदेखि नै नेपाली सेना र अमेरिकी सेनाबीच सैन्य अभ्यास सञ्चालन हुन थालेको थियो ।

नेपाली सेनाका ८० तथा अमेरिकी सेनाका १६ जना सम्मिलित उक्त संयुक्त अभ्यासका क्रममा द्वन्द्वका समयमा कानुन कार्यान्वयन तथा सैनिकको निर्णय प्रक्रिया लगायतका विषयमा केन्द्रित रही छाउनी र नगरकोट इलाकामा सञ्चालन हुनेछ ।

तालिमका लागि क्याप्टेन ब्लाक डुक्याटेलको नेतृत्वमा आवश्यक सैन्य सामग्रीसहित अमेरिकी सेनाको टुकडी सोमबार नेपाल आइपुगेको थियो ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ६ : ५५ बजे

आठ घण्टापछि खुल्यो मुग्लिन-काठमाडौँ सडक

काठमाडौँ– पृथ्वीराजमार्ग अन्तर्गत चितवनको सिमलधारामा खसेको सुक्खा पहिरो पन्छाइएपछि नारायणगढ–काठमाडौँ

दाजुभाइको दीर्घायुको कामना गर्दै रानाथारू महिलाले मनाए तीज

कञ्चनपुर– छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारू समुदायका महिलाहरूले

नाइमा मोबिलिटी एक्स्पोको आज सकिँदै

काठमाडौँ– काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज

मिथिलामा झुलनोत्सव सुरु

महोत्तरी– मधेसको महोत्तरीसहितका मिथिला क्षेत्रमा विष्णु लक्ष्मी भक्तिका गीत गुञ्जन

मुग्लिन सडकमा सुक्खा पहिरो, यातायात ठप्प

काठमाडौँ– सिमलधारामा सुक्खा पहिरो खस्दा मुग्लिन-काठमाडौँ सडक पूर्ण रूपमा यातायात