श्रीलङ्का र पाकिस्तानपछि संकटमा बङ्गलादेश | Khabarhub Khabarhub

श्रीलङ्का र पाकिस्तानपछि संकटमा बङ्गलादेश


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीलङ्का पछि अर्को दक्षिण एसियाली देशमा पनि आर्थिक संकट र जनविद्रोहसँगै देखिएको छ । इन्धनमा एक सातामा ५० प्रतिशत भन्दा बढी मूल्य वृद्धि भएपछि बङ्गलादेश सङ्कटमा परेको हो । बङ्गलादेशमा भएको मूल्य वृद्धिका कारण रुस र युक्रेन बीचको युद्ध नै मानिन्छ । यो आर्थिक सङ्कटसँगै त्यहाँका नागरिक सडकमा आएर प्रदर्शन गर्न थालेका छन् ।

तरकारी बोक्ने ट्रकमा पेट्रोल हाल्न लाइन बसेका मोहम्मद नरुल इस्लाम यस्तै अवस्था भएमा आफू चाँडै माग्ने हुने चिन्ता व्यक्त गर्छन् । एक सातामै एक लिटर पेट्रोलको मूल्य ८६ टाकाबाट बढेर १ सय ३० टाका भएको हो । मट्टीतेल र डिजेलको मूल्यमा पनि ४२.५ प्रतिशत मूल्य वृद्धि भएको छ । इन्धनमा भएको यो मूल्य वृद्धिले ट्रान्सपोर्ट कम्पनीमा पछिल्लो नौ वर्षदेखि आबद्ध मोहम्मद जस्ता धेरै जनाका लागि जीवनयापन पनि धौ धौ परेको छ ।

उत्तरी सहर डिनाजपुरमा बसोबास गर्ने उनले आफ्नो गाउँमा बनेका शुद्ध खानेकुरालाई राजधानी ढाकासम्म ल्याउने काम गर्छन् । उनका दुई बच्चा छन् । वृद्ध बावुआमाका आस पनि छोरामाथि नै हुने भयो । बढ्दो मूल्य वृद्धिका कारण उसको बोसले भने उनलाई नियमित तलब दिन सकिरहेको छैन ।

मोहम्मद नरुल इस्लाम भन्छन्, ‘जब म बजारमा जान्छु। म आफ्नो आवश्यकता अनुसार सामान खरिद गर्न सक्दिन। मेरा लागि छोरा छोरीलाई स्कुल पठाउन पनि मुस्किल हुने दिन आइसक्यो ।’

‘जब म बजारमा जान्छु । म आफ्नो आवश्यकता अनुसार सामान खरिद गर्न सक्दिन । मेरा लागि छोरा छोरीलाई स्कुल पठाउन पनि मुस्किल हुने दिन आइसक्यो’, उनले भने, ‘जागिर गयो भने त मैले सडकमै बसेर दिन बिताउनु पर्ने छ ।’ बङ्गलादेशमा १ सय ६८ मिलियनले यसै किसिमको समस्या भोगेका रहेका छन् ।

अन्य देश जस्तै बङ्गलादेश पनि अहिले मूल्य वृद्धिको समस्याले आक्रान्त छ । मूल्य वृद्धिका कारण हरेक वस्तु किन्न नसक्ने अवस्था छ । अन्तर्राष्ट्रिय कारणले आएको यस परिस्थितिमा केही गर्नै नसक्ने अवस्था सृजित भएको त्यहाँका ऊर्जा मन्त्री नस्रुल हमिदले बताए ।

राज्यले केही गर्न नसकेको आरोपलाई निराधार बताउँदै उनले केही समुदायलाई राहत कार्यक्रम नै अगाडि ल्याएको बताए । उनले विश्वव्यापी रूपमा मूल्य केही घटेमा नयाँ केही सोच्ने बताएका छन् ।

मूल्य वृद्धिको समाचार प्रकाशमा आएसँगै पेट्रोल पम्पको वरपर नै विरोध प्रदर्शन भएको छ । ती विरोध प्रदर्शनले श्रीलङ्कामा भएका प्रदर्शन कै झझल्को दिने गरेका छन् । अहिलेसम्म बङ्गलादेशमा भएको विरोध शालीन देखिन्छ । तर, त्यहाँका नागरिकमा प्रत्येक दिन आक्रोश बढेको छ । बङ्गलादेशमा विदेशी मुद्राको सञ्चय घट्दै गएको छ । तर, पनि नस्रुल हमिद आफ्नो देशमा श्रीलङ्काको जस्तो अवस्था आउने कुरा अस्वीकार गर्छन् ।

बङ्गलादेशमा विदेशी मुद्राको सञ्चय घट्दै गएको छ । तर, पनि नस्रुल हमिद आफ्नो देशमा श्रीलङ्काको जस्तो अवस्था आउने कुरा अस्वीकार गर्छन् ।

गत जुलाई महिनामा तीव्र गतिमा आर्थिक वृद्धि भएका कारण बङ्गलादेशको अर्थतन्त्रको संसार भर नै प्रशंसा गरिएको थियो । अहिले अवस्था फेरिएको छ । यो देश अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ऋण लिने तेस्रो दक्षिण एसियाली देश बनेको छ । यस अगाडि संकट धान्नका लागि श्रीलङ्का र पाकिस्तानले ऋण लिएका थिए ।

अहिले त त्यहाँको समस्या बढेको बढ्यै छ । मोहम्मद जाकीरा सुल्तानाका लागि बस भाडा अभावमा आफ्नो बिरामी बच्चालाई नियमित उपचार गराउन लैजान कठिन भएको छ । उनले खाद्यान्नमा पनि मूल्य वृद्धि भएका कारण जीवन यापन नै कठिन भएको बताएकी छन् ।

‘बस भाडा मात्र होइन बजारमा हरेक कुराको मूल्य वृद्धि भएका कारण मेरो जीवन यापन साँच्चै कठिन भएको छ’, उनले भनेकी छन् । फूलबारीमा काम गर्ने सेउली हाज्दाका लागि जीवन अझ बढी कठिन भएको छ । उनी भन्छिन्, ‘अहिलेको मूल्य वृद्धिका कारण हाम्रो किसानीले मात्र जीवन चलाउन कठिन भएको छ ।’ महंगीले हामीलाई धेरै नै मारमा पारेको छ ।

उनले बाल बच्चालाई पेट भरी खुवाउन कठिन भएको गुनासो गरेकी छन् । सेउली जस्तै समस्या बोक्ने धेरै छन् । उनीहरू भन्छन्, ‘सरकारले चाँडै नै समस्या समाधान गरेन र मूल्य वृद्धि नियन्त्रण भएन भने हामी सबै मर्न बाध्य हुनेछौँ ।’

सन् २०१९ मै सुरु भएको कोरोना महामारीका कारण संसारका अन्य देशलाई जस्तै बङ्गलादेशलाई पनि असर गरेको छ । कोरोना महामारीपछिको यो अवस्थाले त्यहाँ अझ संकट थपेको छ ।

सन् २०१९ को तथ्यांक अनुसार बङ्गलादेशमा २०.५ प्रतिशत गरिबिको रेखा मुनी थिए । त्यसो त बङ्गलादेश संसारकै बढी जनघनत्व भएको देश हो । सन् २०१९ मै सुरु भएको कोरोना महामारीका कारण संसारका अन्य देशलाई जस्तै बङ्गलादेशलाई पनि असर गरेको छ । कोरोना महामारीपछिको यो अवस्थाले त्यहाँ अझ संकट थपेको छ ।

अहिले मुद्रास्फीति सात प्रतिशत रहेको बङ्गलादेशमा कतै यो बढेर जनजीवन सङ्कटमय हुने त होइन भन्ने अर्को चिन्ता छ । त्यहाँका नागरिक बढ्दो मूल्यका कारण आजित छन् भने बङ्गलादेश पेट्रोलियम कर्पोरेसनले जुलाई महिनामा ६ महिनाको अन्तरालमा ८ अर्ब टाढा घाटा भएको जनाएको थियो ।

ऊर्जा मन्त्री हमिदले जनताले सहनुको विकल्प नभएको बताएका छन्। बङ्गलादेशको प्रमुख प्रतिपक्षी दल बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) सरकारप्रति आक्रामक भएको छ । पार्टीका महासचिव मिर्जा फकरुल इस्लाम अलामगीरले सरकार असफल भएको तथा त्यहाँको अर्थतन्त्र नै असफल भएको टिप्पणी गरेका छन् ।

लगातार ६ महिना त्यहाँको मुद्रास्फीति ६ प्रतिशत भन्दा बढी थियो । जुलाई महिनामा ७.८ प्रतिशत मुद्रास्फीति पुगेको थियो । यसले गरिब परिवारलाई जीवन धान्न धेरै नै कठिनाइ परेको थियो । यो कठिनाइसँग सामाजिक अशान्तिको चुनौती थपिएको छ ।

नागरिक बढ्दो मूल्यका कारण आजित छन् । बङ्गलादेश पेट्रोलियम कर्पोरेसनले जुलाई महिनामा ६ महिनाको अन्तरालमा ८ अर्ब घाटा भएको जनाएको छ ।

हामी अहिले नै आवश्यकता पुरा गर्न सङ्घर्ष गरिरहेका छौं । अब हरेक वस्तुको मूल्य वृद्धि हुँदा हामी कसरी बाच्ने होला ? ’ निजी क्षेत्रमा काम गर्ने एक मजदुरले भने । पेट्रोलियम पदार्थको पछिल्लो मूल्य वृद्धिले भाडा दर र अन्य वस्तुको मूल्यमा कस्तो असर गर्ने भन्ने निश्चित छैन । गत नोभेम्बर महिनामा २३ प्रतिशत इन्धनको मूल्य वृद्धि हुँदा भाडा दरमा ३० प्रतिशत वृद्धि भएको थियो ।

अहिलेको यो विरोध प्रदर्शनमा सबैभन्दा धेरै विद्यार्थी सङ्गठनको सहभागिता छ । बङ्गलादेश फेडरलले साहबागमा रहेको सङ्ग्रहालय अगाडि विरोध प्रदर्शन गरेको थियो । त्यहाँको प्रगतिशील विद्यार्थी सङ्गठनले भिन्नै विरोध कार्यक्रमको आयोजना गरेको थियो ।

बस व्यवसायीले सरकारले तत्काल उपयुक्त भाडा दर निर्धारण नगरे सेवा दिन नसक्ने जनाउँदै थालेका छन् । बङ्गलादेश जत्री कल्याण समितिले सरकारले उपयुक्त भाडा दर कायम गर्नुको विकल्प नभएको जनाएको छ । नयाँ भाडा दर कायम गर्नका लागि बङ्गलादेश सडक यातायातको आधिकारिक निकाय तथा बस व्यवसायीबीच वार्ता गरिरहेको छ ।

अहिले इन्धनमा देखिएको यो मूल्य वृद्धि इतिहासकै सबै भन्दा धेरै हो । अहिले भइरहेको हरेक विरोध प्रदर्शनमा इन्धनमा भएको यो मूल्य वृद्धि तत्काल घटाउन माग गरिएको छ । ‘अहिले सरकारले भाडा दर कायम गरे पनि यातायात व्यवसायीले दुई गुणदेखि तीन गुणासम्म भाडा आफैले बढाएर लिने गरेको पाइएको छ । यसलाई तुरुन्त बन्द गर्नु पर्छ’, सेभेन कलेज मुभमेन्टका संयोजक इस्माइल सम्राटले भने ।

अहिले इन्धनमा देखिएको यो मूल्य वृद्धि इतिहासकै सबै भन्दा धेरै हो । अहिले भइरहेको हरेक विरोध प्रदर्शनमा इन्धनमा भएको यो मूल्य वृद्धि तत्काल घटाउन माग गरिएको छ ।

कानुन व्यवसायी मोहम्मद इनुस अलीअकोन्डले इन्धनको मूल्य वृद्धि गर्ने सरकारी निर्णयको विरुद्धमा अदालतमा मुद्दा दर्ता गरेका छन् । उनले आम नागरिकको धारणा लिने या उनीहरूको मत बुझ्ने काम नगरेर सरकारले मनपरी रूपले भाडा वृद्धि गरेको आरोप लगाएका छन्।

बङ्गलादेशको आर्थिक अवस्था र नागरिक विद्रोह साँच्चै चिन्ताको विषय बनेको छ । लगातार तेस्रो दक्षिण एसियाली देशमा यो संकट आएपछि अन्य देशमासमेत सावधान हुनुपर्ने अवस्था सृजना भएको छ । स्रोत : टाइम्स अफ इन्डिया, बीबीसी, रोयटर्स, इन्डियन एक्सप्रेस

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ७ : ३३ बजे

कानूनसहित तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ ।

वायु प्रदूषणबाट आँखालाई कसरी जोगाउने ?

काठमाडौं – उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेकाले मानिसको समग्र

बागमतीमा आजबाट नेवाः र तामाङ भाषा सरकारी कामकाजमा प्रयोग हुने

काठमाडौं– नेवारी र तामाङ भाषालाई बागमती प्रदेशमा आजदेखि सरकारी कामकाजमा

जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आज

पहाडी क्षेत्रमा वर्षा, तराईमा हावाहुरीकाे सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल