बिहान १० बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

बिहान १० बजेसम्मका मुख्य १० समाचार


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । बिहान १० बजेसम्मका मुख्य १० समाचार यस्ता छन् :

१. प्रतिनिधि सभाको बैठक बस्दै
विभिन्न विधेयकमाथि छलफल तथा पारित गर्न आज प्रतिनिधि सभाको बैठक बस्दैछ । नयाँ बानेश्वरस्थित संसद भवनमा बिहान ११ बजे बस्ने बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएको विषयमा जानकारी गराइने सम्भावित कार्यसूची रहेको छ । गत साउन १० गते प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाइएको उक्त विधेयक राष्ट्रपतिले आइतबार सदनसमक्ष नै फिर्ता पठाएकी थिइन् ।

२. दल दर्ता गर्ने अन्तिम दिन आज 
निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समय आज सकिँदै छ । मंसिर ४ मा तोकिएको प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि आयोगले दिएको समय आज सकिन लागेको हो । सिके राउत नेतृत्वको जनमत पार्टीले १ नम्बरमा राजनीतिक दल दर्ता गरेसँगै आयोगमा दर्ता हुने राजनीतिक दलको संख्या ६२ पुगेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

३. प्रचण्ड-बाबुराम निर्वाचन आयोग जाँदै
नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी संयुक्त दल दर्ताका लागि निर्वाचन आयोग जाने भएका छन् । अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई संयुक्त दल दर्ताका लागि आज निर्वाचन आयोग जाने कार्यक्रम रहेको छ । संयुक्त रुपमा निर्वाचन लड्ने निर्णय दुवै पार्टीबाट अनुमोदन भएसँगै शीर्ष नेताहरू आयोग जाने तयारीमा जुटेका हुन् ।

४. कांग्रेसको अभिमुखीकरण आज जारी
नेपाली कांग्रेसको अभिमुखीकरण कार्यक्रम आज पनि जारी रहने भएको छ । काँग्रेसले हिजोबाट स्थानीय तहमा पार्टीबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पालिकाका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरूलाई अभिमुखीकरण दिइरहेको छ । आज उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा विश्वप्रकाश शर्मा, प्रवक्ता प्रकाशशरण महतले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । महामन्त्री गगन थापाले घोषणापत्रबारे प्रशिक्षण दिने छन् भने विश्वप्रकाश शर्माले समसामयिक राजनीतिबारे धारणा राख्ने जनाइएको छ ।

५. राप्रपा नेपालको बैठक  
निर्वाचनको तयारी लगायतका विषयमा छलफल गर्न कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रीय कार्य समितिको बैठक आज पनि बस्दैछ । अध्यक्ष कमल थापाले प्रस्तुत गरेको वर्तमान राजनीतिक परिस्थिति तथा भावी कार्यदिशा सम्बन्धमा कार्यपत्रका बारेमा बाँकी केन्द्रीय सदस्य तथा पदाधिकारीहरूले आज पनि धारणा राख्ने कार्यक्रम रहेको छ । महामन्त्री राजाराम बर्तौलाले बैठकमा निर्वाचनको तयारी र आवश्यक रणनीति निर्माण गर्ने विषयमा पनि महत्त्वपूर्ण छलफल हुने जानकारी दिए।

६. टानको अध्यक्षमा बास्तोला 
पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को अध्यक्ष पदमा निलहरि बास्तोला विजयी भएका छन् । गए राति सम्पन्न टानको ४४औँ वार्षिक साधारण सभा एवं निर्वाचनबाट बास्तोला ६१६ मतप्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी रामप्रसाद सापकोटाले २६४ मत प्राप्त गरे। निर्वाचनमा अध्यक्षका प्रतिस्पर्धी  बास्तोलाको प्यानल नै विजयी भएको छ । नवनिर्वाचित अध्यक्ष बास्तोलाले टानलाई व्यवसायीको साझा संस्थाको रुपमा स्थापित गर्न सरोकारवालासँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

७. पत्रकार पोखरेलको निधन
बुटवलका जनपक्षीय क्रान्तिकारी पत्रकार बसन्त पोखरेलको निधन भएको छ । आज बिहान आफ्नै निवास बुटवल १३ बेलबासमा उनको निधन भएको हो । निमुखा जनताको पक्षमा कलम चलाउने प्रगतिशील पत्रकार पोखरेलको ६८ वर्षको उमेरमा निधन भएको हो। प्रेस स्वतन्त्रता सेनानीको सम्मान समेत पाएका पोखरेल नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व उपाध्यक्ष समेत थिए ।

८. १० हजार बोरा युरिया मल उपलब्ध गराउने
पर्साको वीरगञ्ज महानगरपालिकाले आफ्ना नगरवासी किसानलाई थप १० हजार बोरा युरिया मल उपलब्ध गराउने भएको छ । यसका लागि  महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल र कृषि सामग्री कम्पनी लिमिटेडका प्रादेशिक कार्यालय वीरगञ्जका प्रमुख चन्द्रप्रसाद चौलागाईंबीच चार बुँदे सहमति समेत भएको छ ।

९.केन्याको राष्ट्रपतिमा रुटो विजयी
केन्याको राष्ट्रपतिमा विलियम रुटो विजयी भएका छन् । हालै सम्पन्न निर्वाचनमा आफ्ना प्रतिद्धन्द्धी राइला ओडिङगालाई पराजित गर्दै रुटो राष्ट्रपतिमा विजयी भएका हुन् । यसअघि केन्याको उपराष्ट्रपति रहेका रुटोले ५० दशमलव ५ प्रतिशत मत ल्याएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ । पूर्वप्रधनमन्त्री ओडिङ्गालाई वर्तमान राष्ट्रपति उहुरु केन्याटाको समर्थन रहेको थियो । चुनावमा पराजित भएपछि ओडिङ्गाले निर्वाचनमा धाँधली भएको आरोप लगाएका छन् ।

१०. भारतले महिला साफ खेल्न नपाउने
साविक विजेता भारतले नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउन नपाउने भएको छ । विश्व फुटबलको सर्वोच्च फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआई एफएफ) लाई प्रतिबन्ध लगाएसँगै भारतको महिला फुटबल टोलीले महिला साफ खेल्न नपाउने भएको हो । फिफाले भारतको फुटबल संघलाई अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको हो ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  १० : २५ बजे

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री 

मोरङ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने

अष्ट्रेलियाको तटमा मृत फेला परे २९ पाइलट ह्वेल

काठमाडौं– अष्ट्रेलियाको तटमा २९ पाइलट ह्वेलको मृत्यु भएको छ ।

क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक

२८ सहसचिव सरुवा, ललितपुर र भरतपुरका प्रशासकीय अधिकृत फेरिए

काठमाडौं – एकैसाथ २८ जना सहसचिव सरुवा भएका छन् ।

नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

काठमाडौं-  अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच दुई