एभरेष्ट भ्यू ट्रेल रेसलाई अन्तर्राष्ट्रिय मान्यता, आईटीआरएबाट ३ पोइन्ट « Khabarhub

एभरेष्ट भ्यू ट्रेल रेसलाई अन्तर्राष्ट्रिय मान्यता, आईटीआरएबाट ३ पोइन्ट


२३ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु- माप्य दुधकोशी गाउँपालिकामा आयोजना हुँदै आएको ‘एभरेष्ट भ्यू ट्रेल रेस’ अन्तर्राष्ट्रिय ट्रेल रनिङको प्रणालीमा समावेश भएको छ। अन्तर्राष्ट्रिय ट्रेल रनिङ एसोसिएसन (आईटीआरए) ले प्रतियोगितालाई सूचीकृत गर्दै ३ पोइन्ट प्रदान गरेको हो।

माप्य दुधकोशी गाउँपालिकाले आगामी ३ डिसेम्बर २०२६ मा ४८ किलोमिटर दूरीको तेस्रो संस्करण आयोजना गर्न लागेको छ। प्रतियोगिता अन्तर्राष्ट्रिय ट्रेल रनिङ प्रणालीमा सूचीकृत भएपछि स्वदेशी तथा विदेशी धावकलाई माप्य दुधकोशीमा आकर्षित गर्ने अवसर थप बढेको गाउँपालिकाको विश्वास छ।

आईटीआरएबाट प्राप्त ३ पोइन्टले ‘एभरेष्ट भ्यू ट्रेल रेस’लाई अन्तर्राष्ट्रिय ट्रेल रनिङको नक्सामा स्थापित गर्ने आधार तयार भएको गाउँपालिकाले जनाएको छ। प्रतियोगितालाई व्यवस्थित र नियमित रूपमा अघि बढाउँदै माप्य दुधकोशीलाई खेलकुद तथा साहसिक पर्यटनको नयाँ गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ।

आईटीआरए पोइन्ट ट्रेल रनिङ प्रतियोगिताको स्तर, दूरी, कठिनाइ र मार्गलगायतका मापदण्डका आधारमा निर्धारण गरिन्छ। ३ पोइन्ट प्राप्त गरेसँगै एभरेष्ट भ्यू ट्रेल रेस अन्तर्राष्ट्रिय ट्रेल रनिङ गतिविधिसँग औपचारिक रूपमा जोडिएको छ। यसले प्रतियोगिताको अन्तर्राष्ट्रिय पहुँच र प्रभाव विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

गाउँपालिकाको कोर्कु रंगशालाबाट सुरु हुने प्रतियोगिता सिलगुढी डाँडा, घुम्नेमेरा, कुधम, योतल्म्य र दिलुङ हुँदै पुनः कोर्कु रंगशालामै पुगेर सम्पन्न हुनेछ।

प्रतियोगितामा ३०० भन्दा बढी धावक सहभागी हुने अपेक्षा गरिएको छ। महिला र पुरुषतर्फका विजेताले जनही १ लाख २० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्राकृतिक पदमार्ग, उकाली–ओराली, हिमाली दृश्य तथा स्थानीय बस्ती र संस्कृतिसँग जोडिएको यस रेसले खेलकुदसँगै साहसिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने गाउँपालिकाको अपेक्षा छ।

रेसलाई नियमित अन्तर्राष्ट्रिय प्रतियोगिताका रूपमा विकास गर्दै गाउँपालिकाको पर्यटन प्रवर्द्धनसँग जोड्ने लक्ष्यका साथ काम भइरहेको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले बताए। उनका अनुसार प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने दिशामा पछिल्लो उपलब्धिले थप उत्साह र सम्भावना सिर्जना गरेको छ।

प्रतियोगिताका लागि स्वदेश तथा विदेशबाट धावकको आगमन बढेसँगै स्थानीय होटल, होमस्टे, यातायात, गाइड तथा स्थानीय उत्पादनको बजार विस्तारमा समेत प्रत्यक्ष लाभ पुग्ने गाउँपालिकाको विश्वास छ।

माप्य दुधकोशीको प्राकृतिक तथा सांस्कृतिक पहिचानलाई ट्रेल रनिङमार्फत अन्तर्राष्ट्रियस्तरमा चिनाउने र खेलकुदलाई पर्यटनसँग जोडेर स्थानीय अर्थतन्त्रमा योगदान पुर्‍याउने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिइएको गाउँपालिकाले जनाएको छ।

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलबार  ७ : २६ बजे

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि

प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको एक करोड एक लाख सहयोग

काठमाडौं- प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालले एक

एट्लान्टिकको जोखिमपूर्ण यात्रामा अलपत्र एक हजारभन्दा बढी आप्रवासीको उद्धार

एजेन्सी– युरोप पुग्ने प्रयासमा एट्लान्टिक महासागरको जोखिमपूर्ण मार्ग हुँदै यात्रा

मिराज भन्छन् : यो सरकारलाई केही समय कुर्छौँ, नभए थर्ड पोलको तयारीमा लाग्छौँ

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले वालेन्द्र शाह नेतृत्वको वर्तमान