सुदूरपश्चिममा थपिए ३७ हजार मतदाता « Khabarhub

सुदूरपश्चिममा थपिए ३७ हजार मतदाता


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली – गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनपछि सुदूरपश्चिम प्रदेशका सबै नौ जिल्लामा ३७ हजार दुई सय ६१ नयाँ मतदाता थपिएका छन् । थपिएका मतदाता प्रदेशमा यहीँ साउन १९ गतेसम्म जम्मा मतदाताको सङ्ख्या १६ लाख ६९ हजार चार सय ११ पुगेको छ ।

आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारीको शिलशिलामा सङ्कलित मतदाता नामावली निर्वाचन आयोगमा पठाइएको प्रदेश निर्वाचन कार्यालय कैलालीले जनाएको छ । प्रतिनिधि र प्रदेशसभाको निर्वाचनसम्बन्धी कार्यतालिका आयोगले सार्वजनिक गरेसँगै प्रदेश निर्वाचन कार्यालयले गर्नुपर्ने तयारीसम्बन्धी काम सुरु गरिसकेको छ । ‘निर्वाचनका लागि गर्नुपर्ने तयारी सुरु गरिसकेका छौँ’, निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले भने, ‘यस क्रममा मतपेटिकालगायत निर्वाचन सामग्रीको जाँच गर्ने, रुजु गर्ने र ती सामग्री सरसफाइ गर्नेलगायत काम गरिरहेका छौँ ।’

कार्यालयका अनुसार गत वैशाख ३० गतेपछि थपिएका नयाँ मतदातामा सबैभन्दा बढी कैलाली जिल्लामा ११ हजार चार सय ३० छन् । कञ्चनपुरमा नौ हजार आठ सय २८, बाजुरामा एक हजार तीन सय ६४, अछाममा चार हजार ८०, डोटीमा दुई हजार एक सय ७२, बझाङमा एक हजार छ सय ५९, डडेलधुरामा दुई हजार दुई सय ५८ बैतडीमा दुई हजार आठ सय छ र दार्चुला जिल्लामा एक हजार छ सय ६४ नयाँ मतदाता थपिएका छन् ।

नयाँ थपिएका कैलालीमा सबैभन्दा बढी पाँच लाख ३६ हजार पाँच सय ५५ मतदाता र सबैभन्दा कम बाजुरामा ८४ हजार ५४ मतदाता पुगेका छन् । कञ्चनपुरमा तीन लाख पाँच हजार १४२, अछाममा एक लाख ६० हजार ३६०, डोटीमा एक लाख २५ हजार सात सय २६, बझाङमा एक लाख २३ हजार सात सय ९६, डडेलधुरामा ९२ हजार तीन सय ७७, बैतडीमा एक लाख ५१ हजार चार सय १२ र दार्चुला जिल्लामा ८९ हजार नौ सय ४९ मतदाता पुगेका छन् ।

गएको स्थानीय तहको निर्वाचनमा प्रदेशमा जम्मा १६ लाख ३२ हजार एक सय ५० मतदाता थिए । विसं २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा यो प्रदेशमा १४ लाख ३५ हजार छ सय ७४ मतदाता रहेका थिए । नेपालको संविधान २०७२ कार्यान्वयनमा आएपछि दोस्रो पटक आगामी मङ्सिर ४ गते प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुँदैछ । स्थानीय तहमा दोस्रो कार्यकालका लागि गएको वैशाख ३० गते निर्वाचन सम्पन्न भइसकेको छ ।

सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभाका १६ र प्रदेशसभाका ३२ निर्वाचन क्षेत्र कायम छन् । जनसङ्ख्याको दृष्टिले तराईका जिल्ला कैलालीमा र कञ्चनपुर ठूला जिल्ला हुन् । प्रतिनिधिसभाका कैलालीमा पाँच र कञ्चनपुरमा तीन निर्वाचन क्षेत्र रहेका छन् । पहाडी जिल्लामा अछाममा प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र र अन्य छ जिल्लामा एक-एक निर्वाचन क्षेत्र कायम छन् । हालैको जनगणनाको प्रारम्भिक तथ्याङ्कका अनुसार यो प्रदेशको जनसङ्ख्या २७ लाख ११ हजार २७० पुगेको छ ।

विसं २०६८ को जनगणनाअनुसार यो प्रदेशको जनसङ्ख्या २५ लाख ५२ हजार पाँच १७ थियो।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  १० : ५३ बजे

निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्नेमा जोड

काठमाडौँ– मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई यसमा

महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित भएका पाइएको

 बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका गएको बाढीपहिरोले विभिन्न

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा– झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ

आठ घण्टापछि खुल्यो मुग्लिन-काठमाडौँ सडक

काठमाडौँ– पृथ्वीराजमार्ग अन्तर्गत चितवनको सिमलधारामा खसेको सुक्खा पहिरो पन्छाइएपछि नारायणगढ–काठमाडौँ