पौने पाँच अर्बको भेन्टिलेटर र कन्सेनट्रेटर नेपाल भित्रियो  « Khabarhub

पौने पाँच अर्बको भेन्टिलेटर र कन्सेनट्रेटर नेपाल भित्रियो 


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो दुई वर्षमा नेपालमा विभिन्न देशबाट पौने पाँच अर्ब रुपैयाँको मेडिकल भेन्टिलेटर र अक्सिजन कन्सेनट्रेटर भित्रिएको पाइएको छ ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा उक्त मूल्य बराबरको भेन्टिलेटर र अक्सिजन कन्सेनट्रेटर नेपालमा भित्रिएको हो ।

कोरोना महामारी सुरु भएपछि नेपालमा ठूलो संख्यामा भेन्टिलेटर र अक्सिजन कन्सेनट्रेटर भित्रिएको देखिन्छ ।

बितेको दुई वर्षमा ४ अर्ब ७७ करोड ९७ लाख ६३ हजार रुपैयाँको भेन्टिलेटर र अक्सिजन कन्सेनट्रेटर नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ ।

सो अवधिमा २ लाख ६१ हजार ४७६ थान कन्सेनट्रेटर र २९ हजार ९०३ भेन्टिलेटर नेपाल भित्रिएको विभागले जनाएको छ ।

विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब १० करोड ७३ लाख ६१ हजार रुपैयाँको भेन्टिलेटर र अक्सिजन कन्सेनट्रेटर नेपालले आयात गरेको छ ।

अघिल्लो आर्थिक वर्ष १ अर्ब ८ लाख ३७ हजार रुपैयाँको २ लाख २२ हजार १८८ थान अक्सिजन कन्सेनट्रेटर र १ अर्ब १० करोड ६५ लाख २४ हजार रुपैयाँको ३ हजार ७६५ थान मेडिकल भेन्टिलेटर नेपालले आयात गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब ६७ करोड २४ लाख २ हजार रुपैयाँको भेन्टिलेटर र अक्सिजन कन्सेनट्रेटर नेपाल भित्रिएको विभागले जनाएको छ ।

विभागका अनुसार सो वर्ष १ अर्ब ८० करोड ८९ लाख १३ हजार रुपैयाँको ३९ हजार २८८ थान अक्सिजन कन्सेनट्रेटर र ७६ करोड ७५ लाख ९२ हजार रुपैयाँको २६ हजार १३८ थान मेडिकल भेन्टिलेटर नेपालले आयात गरेको थियो ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  १२ : ३३ बजे

विश्व बैंकको सहयोगमा मुलपानी–तितौरे सडक कालोपत्र हुँदै

बागलुङ– विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये

चिसो बढेपछि सुनसरीका विद्यालयमा बिदा

सुनसरी– सुनसरीमा शीतलहरका कारण चिसो बढेपछि विद्यालयको पठनपाठन प्रभावित भएको

उद्योग वाणिज्य महासङ्घले आज सर्वपक्षीय राष्ट्रिय संवाद गर्दै

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) ले देशको अर्थतन्त्र उकास्ने

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विभिन्न कार्यक्रमको आयोजना

आजको मौसमको : तराईमा हुस्सु, हिमाल–पहाडमा आंशिक बदली

काठमाडौं– देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको