नेपालमै बन्यो विद्युतीय मतदान यन्त्र « Khabarhub

नेपालमै बन्यो विद्युतीय मतदान यन्त्र


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रामलक्ष्मण इनोभेसन्सले नेपालमै उत्पादन गरेको निर्वाचनको लागि विद्युतीय मतदान यन्त्र (इ–भोटिङ मेशिन) सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको यन्त्र राम लक्ष्मण दाजुभाइको पाँचौँ संस्करण हो ।

मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी इ–भोटिङ मेशिन सार्वजनिक र नमुना मतदान कार्यक्रम सम्पन्न गरिएको हो । वर्षौँदेखि प्रविधि अनुसन्धानमा खटिएका दाजुभाइ रामप्रसाद रिमाल र लक्ष्मणप्रसाद रिमालले उत्पादन गरेको मेसिनले निर्वाचनका लागि सहज हुने दाबी गरिएको छ ।

करिब एक दशकअघि नेपालमै उत्पादन भएको इ–भोटिङ मेशिनले हालसम्म १ सय पटकभन्दा बढी राजनीतिक दल, विभिन्न संघ/संस्थालगायतका निर्वाचन सफलतापूर्वक सम्पन्न गरिसकेको राम प्रसाद रिमालले बताए। यद्यपि, निर्वाचन आयोगले भने मेसिनबारे पटक–पटक कुरा राख्दा पनि चासो नदिएको उनले गुनासो गरे ।

त्यस्तै, लक्ष्मण प्रसाद रिमालले आगामी चुनावमा एक व्यक्तिले ४ वटा मतपत्रमा चिन्ह लगाउनुपर्ने हुँदा समय बढी लाग्ने तर इ–भोटिङ मेसिनमा औँलाले दबाउने भएकोले छिटो हुने दाबी गरे।

उनले अहिलेसम्म अपांगता भएका व्यक्तिहरूले कसैको सहयोगबिना मेसिनबाट मतदान गरेको सुनाए। मेसिनले सिधै रिजल्ट देखाउने हुँदा नतिजाको लागि घण्टौँसम्म कुर्न नपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ३ : ५६ बजे

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा

निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्नेमा जोड

काठमाडौँ– मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई यसमा

महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित भएका पाइएको

 बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका गएको बाढीपहिरोले विभिन्न

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा– झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ