केन्यामा विलियम रुटो नयाँ राष्ट्रपतिमा निर्वाचित « Khabarhub

केन्यामा विलियम रुटो नयाँ राष्ट्रपतिमा निर्वाचित


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफ्रिकी मुलुक केन्यामा भएको निर्वाचनबाट उपराष्ट्रपति विलियम रुटो नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् । ५५ वर्षीय रुटोले विपक्षी उम्मेदवार राइला ओडिङ्गालाई झिनो मतान्तरले पराजित गरेका हुन् ।

बीबीसीले जनाएअनुसार रुटोले कुल खसेको मतको ५० दशमलब ५ प्रतिशत मत प्राप्त गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका ७७ वर्षीय ओडिङ्गाले भने केबल ४८ दशमलब ८ प्रतिशत मत को चुनावी अभियानले निर्वाचनमा धाँधली भएको आरोप लगाएपछि ढिला गरी मत परिणाम सार्वजनिक गरिएको हो ।

ओडिङ्गाका प्रतिनिधिहरुले चुनावमा ‘अनियमितता’ र ‘अव्यस्था’ भएको आरोप लगाएको बीबीसीले जनाएको छ । पराजित उम्मेदवार ओडिङ्गाका समर्थकले राजधानी नैरोबीसहित मुलुकका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् ।

विजेता भएको घोषणासँगै सम्बोधन गर्दै रुटोले मुलुकको निर्वाचन आयोगलाई धन्यवाद दिँदै आइन्दा आफू सबै केन्यालीको राष्टपति बन्ने प्रतिबद्धता जनाएका छन् । केन्यामा गत अगस्ट ९ मा निर्वाचन भएको थियो ।

धाँधली भएको भन्दै केन्यामा यसअघिका निर्वाचनका क्रममा हिंसात्मक घटनाहरु समेत हुँदै आएको बताइएको छ ।

बीबीसीका अनुसार सन् २००७ मा भएको निर्वाचनमा धाँधली भएको भन्दै हिंसात्मक घटना हुँदा १२ सय जनाको मृत्यु भएको थियो भने ६ लाख भन्दा धेरै विस्थापित भएका थिए ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ४ : ३७ बजे

बाढी प्रभावित क्षेत्रमा रोग फैलने आशंकामा सरकारले थाल्दै खोप अभियान

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रहरूमा फैलिन

पहिरोले किम्रुङ खोला थुनियो, पर्वत र कास्कीमा अलर्ट जारी

काठमाडौँ । पहिरो जाँदा पर्वतस्थित किम्रुङ खोला थुनिएको छ भने

माइतीघरमा जलेर घाइते युवतीको वीर अस्पतालमा उपचार जारी

काठमाडौँ- काठमाडौँको माइतीघरमा मंगलबार साँझ आफैलाई आगो लगाएर घाइते भएकी

जेनजी सहिद परिवारद्वारा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याण सम्मानित

काठमाडौं । जेनजी सहिद परिवारको संस्था ‘जेनजी सहिद परिवार कल्याणकारी

कांग्रेस विधान मस्यौदा समितिमा थप चार सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसले विधान मस्यौदा समितिमा चार जना सदस्य र