शारीरिक सुगठनको प्रशिक्षकलाई प्रशिक्षण  « Khabarhub

शारीरिक सुगठनको प्रशिक्षकलाई प्रशिक्षण 


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेप्लिज फेडेरेशन अफ बडिबिल्डिङ्ग एण्ड फिटनेशले शारीरिक सुगठनका प्रशिक्षकहरूलाई प्रशिक्षण प्रदान गरेको छ ।  प्रशिक्षणबाट दीक्षित प्रशिक्षकहरूलाई नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले प्रमाणपत्र प्रदान गरे ।

ललितपुरको सातदोवाटोस्थित नेपाल ओलम्पिक कमिटीको सभाकक्षमा भएको कार्यक्रममा प्रशिक्षणबाट दीक्षित भएका विभिन्न जिल्लाका २८ प्रशिक्षकहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

९ दिनसम्म सञ्चालन भएको प्रशिक्षणमा सहभागीहरूलाई पूर्व नेपाल च्याम्पियन एवं नेपालमा शारीरिक सुगठनका ज्ञाताका रुपमा परिचित, कार्यक्रम संयोजक शिवलाल श्रेष्ठ, प्रमुख प्रशिक्षक राजेन्द्ररत्न तुलाधर, विज्ञहरू संजय महर्जन, दिवाकरलाल अमात्य, डा‌. ज्ञानेन्द्र शाह र सुकदेव कार्की लगायतले प्रशिक्षण प्रदान गरेका थिए ।

निलेन्द्रराज श्रेष्ठले प्रशिक्षकहरूले प्राप्त गरेका ज्ञानले आगामी दिनमा खेलाडीहरूले उपयुक्त ज्ञान प्राप्त गर्न सहज हुनुका साथै प्रशिक्षणका दौरानमा आई पर्ने दुर्घटनाबाट बच्न र बचाउन निकै नै ठुलो योगदान पुग्नेमा विश्वस्त रहेको बताए ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ६ : १५ बजे

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवन – खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई

विपक्षी खेलाडीको टाउकोमा झापड हानेपछि लियोनल मेसीलाई जरिवाना

काठमाडौं- विपक्षी खेलाडीलाई झापड हानेपछि मेजर लिग सकरमा इन्टर मियामीका

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी

कांग्रेसका मतभेद पार्टी कार्यालयमै संवादबाट समाधान गर्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका समस्या र