कर्मचारीहरुको नयाँ तलबमान र सुविधाको विवरण सार्वजनिक « Khabarhub

कर्मचारीहरुको नयाँ तलबमान र सुविधाको विवरण सार्वजनिक


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको नयाँ तलबमान र सुविधाको विवरण सार्वजनिक गरेको छ। यसअनुसार सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि सरकारले साउन महिनादेखि लागू हुने गरी सरकारी कर्मचारीको तलबमान वृद्धि गरेको हो ।

अर्थ मन्त्रालयबाट २४ साउनमा स्वीकृत भएको नयाँ तलबमानलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेसँगै नयाँ तलबमान एवं ग्रेड कायम भएको मन्त्रालयले जनाएको छ। 

प्राविधिक ग्रेडका सम्बन्धमा मन्त्रिपरिषद्को ०७६ माघ २७ को निर्णयअनुसारको व्यवस्थाअनुसार २०५७ साउन १ भन्दा अगाडि नियुक्ति भएका प्राविधिक कर्मचारीहरूको हकमा ०७९ साउन १ गतेबाट वृद्धि भएको तलब समावेश गरी एक दिनको तलब बराबरको १ ग्रेडको दरले हुने प्राविधिक २ ग्रेडबापतको रकम उपलब्ध गराइने मन्त्रालयले जनाएको छ। 

सरकारले सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाएको छ ।

 

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ६ : ५१ बजे

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा

एमालेद्वारा बालेन सरकारको १०० दिनको समीक्षा : काम फितलो र योजनाहरू विवादास्पद

काठमाडौं– नेकपा (एमाले)ले वालेन्द्र शाह नेतृत्वको सरकारको एक सय दिन

बैतडीमा यात्रुवाहक बस दुर्घटना : १७ जना घाइते

दशरथचन्द– बैतडीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका

सुशासन र नागरिक सेवाका हिसाबले सरकारका सय दिन सफल : रवि

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सीप अवसर र रोजगारी भन्ने नाराका साथ पोखरामा रोजगार मेला

काठमाडौं– सीप अवसर र रोजगारी भन्ने नाराका साथ पोखरामा रोजगार