इन्धनको मूल्य नघट्ने « Khabarhub

इन्धनको मूल्य नघट्ने


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल आयल निगमले इन्धनको मूल्य नघटाउने निर्णय गरेको छ ।

 निगमले आज पत्रकार सम्मेलन गरी भारतबाट मूल्य घटेर आए पनि अझै ऋणको दायित्व धेरै भएकाले हाललाई मूल्य नघटाउने निर्णय गरेको जानकारी दिएको हो । नयाँ मूल्यपछि पनि निगमलाई मासिक ६२ करोड रुपैयाँ हाराहारी नोक्सानी रहेको निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले बताए  । उनले भारतीय आयल कर्पोरेसन (आईओसी) लाई तिर्नुपर्ने बक्यौता अझै २३ अर्ब रुपैयाँ बाँकी रहेको जानकारी दिए । 

सरकार र वाणिज्य बैंकबाट लिइएको १० अर्ब ऋण र २३ अर्ब बक्यौता गरी ३३ अर्बको भारका कारण स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्न नसकिएको निगमले जनाएको छ । 

निगमलाई भारतीय आयल निगमबाट प्राप्त नयाँ मूल्य पछि पेट्रोलमा ४ रुपैयाँ ७४ पैसा नाफा, डिजेलमा ४ रुपैयाँ ५० पैसा र खाना पकाउने ग्यासमा ४ सय ९९ रुपैयाँ ५७ पैसा घाटा रहेको कार्यकारी निर्देशक थानीले जानकारी दिए ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ७ : ५४ बजे

‘सरकारमा पुग्दा कम्युनिस्टको शक्ति क्षयीकरण भयो’: एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्ट विद्रोह

ओलीलाई रावलको प्रश्न- नेतृत्वबारे बहस गर्नेलाई ‘अराजक’ देख्नु कुन सिद्धान्त हो ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व

जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन जना बेपत्ता

कर्णाली – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

नेपालमै बन्यो विद्युतीय स्कुटर ‘यात्री पीटू’ : विश्व बजारमा प्रतिस्पर्धा गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेका विद्युतीय सवारीको

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा