साफ महिला च्याम्पियनसिप : भारत र नेपाल भिड्दै | Khabarhub Khabarhub

साफ महिला च्याम्पियनसिप : भारत र नेपाल भिड्दै


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साफ महिला च्याम्पियनसिपअन्तर्गत दोस्रो सेमिफाइनलमा आज भारत र नेपाल प्रतिस्पर्धा गर्दै छन्। भारतविरुद्ध मैदान उत्रिँदा नेपाली महिला टिम नयाँ इतिहास रच्ने लक्ष्यमा हुनेछ।

चार पटक फाइनल र एक पटक सेमिफाइनलमा प्रतिस्पर्धा गर्दा भारतविरुद्ध नेपालले साफ च्याम्पियनसिपमा हालसम्म जित निकाल्न सकेको छैन। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल बेलुकी साँढे पाँच बजे सुरु हुनेछ। सेमिफाइनलमा फेरी एक पटक भारत प्रतिद्वन्द्वी पाएको नेपाल २०७३ सालको चौथो साफको इतिहासलाई मेटाउँदै नयाँ इतिहास रच्न चाहन्छ।

यस अघि भारत समूह ए को उपविजेता र नेपाल समूह बी को विजेता रूपमा अन्तिम चारमा प्रवेश गरेका थिए ।

यस्तो छ इतिहास
बंगलादेशमा आयोजना भएको पहिलो संस्करणको फाइनलमा नेपाल १–० ले  पराजित भएको थियो। दोस्रो, तेस्रो र पाँचौँ संस्करणमा क्रमशः ३–१, ६–० र ३–१ को नतिजामा हारेको थियो। चौथो साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतलाई ३–१ को नतिजा सुम्पेको थियो।

साबित्रा र मन्जली फर्कने सम्भावना
डेंगुको कारण टोली बाहिर रहेका स्ट्राइकर साबित्रा भन्डारी र मिडफिल्डर मन्जलीकुमारी योन्जन सेमिफाइनलमा मैदान उत्रन सक्छन्। बलियो भारतबिरुद्द नेपाल आफ्ना मुख्य खेलाडीलाई बेन्चमा राख्न चाहँदैन। साबित्राले भुटानविरुद्ध ४-० को जितमा एक गोल गरेकी थिइन्। मन्जलीले साफ च्याम्पियनसिपमा कुनै खेल खेलेकी छैनन्।

बंगलादेश र भुटान खेल्दै
साफ च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा बंगलादेश र भुटान प्रतिस्पर्धा गर्दै छन्। खेल दशरथ रंगशालामा एक वजे सुरु हुनेछ। भुटान श्रीलंकाविरुद्ध साफ च्याम्पियनसिपको इतिहासमा पहिलो जित निकाल्दै सेमिफाइनल पुगेको हो। बंगलादेश जारी प्रतियोगितामा अपराजित छ। उसले समूह ए को अन्तिम खेलमा भारतलाई ३-० ले पराजित गर्दै विजेताको रूपमा अन्तिम चारमा प्रवेश गरेको थियो। भुटान समूह उपविजेता बनेको थियो।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ८ : ५० बजे

तत्काल उचित निकास दिन तरुण दलको आग्रह

काठमाडौं – नेपाल तरुण दलले जेन्जी आन्दोलनका क्रममा भएको हिंसा

नयाँ दल खोल्दै सुशीलालाई अन्तरिम प्रधानमन्त्रीमा समर्थन गरेका बालेन

काठमाडौँ- मंगलबार दिनभर आन्दोलन गरेर कयौँ सरकारी सम्पदा र नेताका

देशलाई संकटबाट बचाउन संसद विघटन र नयाँ राजनीतिक संरचना आवश्यक: लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई

सोबिताले भनिन्: संसद विघटन गर्न पाइँदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोभिता गौतमले संसद

अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई पूर्ण समर्थन छ : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्व प्रधानन्यायाधीश सुशीला