डेंगु फैलिएपछि काठमाडौ महानगरले सुरु गर्‍यो हटलाइन सेवा, एम्बुलेन्स निशुल्क « Khabarhub

डेंगु फैलिएपछि काठमाडौ महानगरले सुरु गर्‍यो हटलाइन सेवा, एम्बुलेन्स निशुल्क


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – डेंगु फैलिएपछि काठमाडौं महानगरपालिकाले हटलाइन सेवा सुरु गरेको छ।

महानगरका मेयर बालेन्द्र शाहका अनुसार डेंगु संक्रमितका लागि २४ घण्टे हटलाइन सुरु भएको हो। डेंगु संक्रमित भए वा भएको शंका लागेमा ११८० मा फोन गरेर स्वास्थ्यकर्मीबाट नै परामर्श लिन सकिनेछ।

आवश्यक परे १०२ मा फोन गरेर महानगरको निःशुल्क एम्बुलेन्स सेवा लिन सकिनेछ। ‘डेंगु जसरी समुदायमा फैलाएको छ, त्यसको रोकथाम र नियन्त्रणका लागि अत्याधिक सचेतना र क्रियाशीलताको आवश्यकता भएको कुरा हामी सबैले अनुभव गरेको कुरा हो,’ उनले भनेका छन्, ‘यसका लागि महानगर पहिलेदेखि नै महानगरस्तरमा सक्रिय रहेको जानकारी गराउँदछौँ।’

भइरहेका कार्यक्रमहरुलाई थप विस्तार गर्दै नयाँ कार्यक्रमहरु पनि ल्याएर स्रोत तथा जनशक्तिको अधिकतम प्रयोग भइरहेको उनले बताएका छन्।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ९ : ४५ बजे

गगन थापाको चेतावनी- प्राथमिकता नतोकिएको संविधान संशोधनले देशलाई द्वन्द्वमा धकेल्न सक्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्पष्ट प्राथमिकता र उद्देश्यबिना संविधान

‘नेपाल विशेष सेवा ऐनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारी जग्गाको विवरण उपलब्ध गराउन मातहतका निकायलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफ्ना मातहतका सबै निकायलाई

बजार ओरालो लागेपछि सेबोनले आश्वासन दिँदै भन्यो, आगामी साता ‘पुँजी बजार विकास मार्गचित्र’ सार्वजनिक गर्छौँ

काठमाडौं– सेयर बजार निरन्तर ओरालो लागेपछि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले

राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकबाट ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो