किसानलाई गोबर मलमा अनुदान « Khabarhub

किसानलाई गोबर मलमा अनुदान


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले घाँसखेती गर्ने किसानलाई गोबर मलमा अनुदान दिने भएको छ।

नगरपालिकाभित्रका बाँझो जमिन भएको क्षेत्रमा समूहमार्फत कम्तीमा एक बिघामा घाँसखेती गर्न चाहने किसानलाई सो खेतीमा लाग्ने गोबर मलमा शतप्रतिशत अनुदान दिन लागिएको नगरपालिकाका पशु विकास शाखाका पशु विकास अधिकृत डा श्यामकृष्ण तिवारीले जानकारी दिए।

देवचुली नगरपालिकाले यस कार्यक्रम सञ्चालनका लागि कार्यविधिसमेत निर्माण गरिसकेको छ। ‘घाँसखेती गर्ने किसानलाई गोबर मलमा अनुदान दिनेसम्बन्धी कार्यविधि निर्माण गरिसकेका छौँ, कार्यक्रम निर्माण गरी कार्यान्वयनमा जान बाँकी छ’, पशु विकास अधिकृत तिवारीले भने।

पशुपालक किसानलाई दानामा हुने लागत घटाउन यस्तो कार्यक्रम गर्न लागिएको देवचुली नगरपालिका नगरप्रमुख हरिप्रसाद न्यौपानेले बताए। ‘घाँसखेतीमा आधारित उत्पादन कार्यक्रम सञ्चालन गर्दा लागत कम लागि किसान फाइदामा जान्छन् भन्ने हिसाबले यो कार्यक्रम गर्न लागेका हौँ’, नगरप्रमुख न्यौपानेले भने, यसले बाँझो जमिन सदुपयोग गर्नसमेत सघाउने छ।

पशुपालक किसान उत्पादनमा लागत बढ्दा समस्यामा परेका छन्। नगरप्रमुख न्यौपानेले भने, ‘दानाको मूल्य बढ्दै जाने, अर्कातर्फ उत्पादित वस्तुको मूल्य लगानीको तुलनामा कम हुने, यसले गर्दा किसान मारमा छन्, हामी केही भए पनि नगरस्तरबाट किसानका समस्या समाधान गर्ने प्रयासमा छौँ।’

दानाको विकल्पमा घाँस लगाउन सके किसानलाई राहत मिल्ने नगरप्रमुख न्यौपानेले बताए। नगरपालिकाले यससम्बन्धी कार्यविधि निर्माण गरिसकेको र कार्यक्रम कार्यान्वयनका लागि खासै समस्या नहुने उनको भनाइ छ। ‘यो नयाँ कार्यक्रम सुरुआत गर्ने तयारी गरेका छौँ, कार्यक्रम सञ्चालनका लागि नै स्रोतको समस्या हुन्छ जस्तो मलाई लाग्दैन, कहीँकतैबाट यो कार्यक्रम सञ्चालन गर्छौँ’, नगरप्रमुख न्यौपानेले भने।

देवचुली नगरपालिका पशु विकास शाखाको तथ्याङ्कानुसार नगरभित्र व्यावसायिक पशुपालन गर्ने फार्मको सङ्ख्या पाँच सय ५९ रहेको छ। व्यावसायिक पशुपालनमा आवद्ध परिवारको सङ्ख्या भने दुई हजार पाँच सय ६० रहेको छ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  १० : ३५ बजे

बुशेहर परमाणु केन्द्र नजिक अमेरिकाले हमला गरेको इरानको आरोप

काठमाडौं – मध्यपूर्वमा अमेरिका र इरानबीचको तनाव थप चर्किएको छ

व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला

रौतहट – रौतहटको चन्द्रपुर नगरपालिका–७ वनबहुअरीकी दुखनी थरुनीलाई हिजोआज तरकारी

विश्वकप क्वार्टरफाइनलमा मोरक्को र फ्रान्स भिड्दै

काठमाडौं- फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल चरण आज रातिदेखि सुरु

आजका समाचार : सरकारका सयदिने उपलब्धिबारे संदनलाई जानकारी, संविधान संशोधनले द्वन्द्व निम्तिने गगनको चेतावनी, ओलीलाई नेतृत्व छाड्न दबाब र हर्मुजमा फेरि तनाव

प्रधानमन्त्रीले गरे निर्माण व्यवसायीसँग छलफल, समस्या समाधान गर्ने प्रतिबद्धताप्रधानमन्त्री वालेन्द्र

टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा १८ जनालाई सफाइ

काठमाडौं– विशेष अदालतले नेपाल टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा कम्पनीका तत्कालीन