‘डेङ्गु नष्ट, आफ्नै घरबाट’ अभियान सुरु « Khabarhub

 ‘डेङ्गु नष्ट, आफ्नै घरबाट’ अभियान सुरु


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

गलकोट– नेपालमा पछिल्लो समय महामारीको रुपमा फैलन थालेको डेङ्गु रोग रोकथामा लागि जिल्ला स्वास्थ्य कार्यालयले सचेतनासहित ‘डेङ्गु नष्ट, आफ्नै घरबाट’ अभियान थालेको छ । डेङ्गुको सङ्क्रमणबाट बच्न सुरुमा आफ्नै घर वरपर रहेको पानी जम्ने खाल्टाखुल्टी पुर्ने, गमलामा जम्मा भएको पानी फाल्ने र लामखुट्टेको लार्भा फाल्नका लागि सेचतनामूलक कार्यक्रम वडा वडामा पुर्‍याउन थालिएको उक्त कार्यालयले जनाएको छ ।

कार्यालयका निमित्त प्रमुख तथा जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माका अनुसार जिल्लामा उच्च गतिमा फैलिएको डेङ्गु सङ्क्रमणबाट बच्नका लागि बिहीबारदेखि विभिन्न सचेतनामूलक अभियान र डेङ्गुको लार्भा नष्ट अभियान थालिएको हो । 

‘बागलुङमा डेङ्गु सङ्क्रमण बढ्दो क्रममा छ, पछिल्लो १० दिनमा २० जनामा सङ्क्रमण भइसकेको छ, रोकथामका लागि हामीले बिहीबारदेखि नै काम सुरु गरेका छौँ, सरोकारवाला निकायलाई डेङ्गुबारे सचेतना गराएका छौँ भने पत्रकारमार्फत पनि नागरिकलाई सचेत गराएका छौँ’, उनले भने, ‘नागरिकको घरबाटै डेङ्गु सङ्क्रमण रोक्न अभियान थालेको छौँ, यसलाई वडा तहमै पुर्‍याइने छ, घरमा जमेको पानी र पानीमा रहेका लार्भालाई खोजौँ र नष्ट गरौँ भन्दै घरघरमा स्वास्थ्यकर्मी, जनप्रतिनिधि र सरोकारवाला निकायलाई पठाइनेछ ।’

कार्यालयका अनुसार शुक्रबारदेखि जिल्लाका सबै पालिकामा सचेतनामूलक कार्यक्रम गर्ने, स्वास्थ्य सूचना प्रसारण गर्ने, विद्यालयमा स्वास्थ्य शिक्षा दिनेलगायतका कार्यक्रम तय गरिएको छ । बागलुङस्थित धौलागिरि अस्पतालकाका डा रायना श्रेष्ठका अनुसार एडिज नामको लामखुट्टेको टोकाइबाट सर्ने उक्त रोगबाट बच्नुको पहिलो उपायनै लामखुट्टेको टोकाइबाट बच्ने हो, त्यसको अलावा झुलको प्रयोग गर्ने र घर वरपर पानी जम्न नदिनु हो । 

डेङ्गु एक भाइरसद्वारा लाग्ने सङ्क्रमण हो, जुन एडिज नामको लामखुट्टेको टोकाइबाट हुने गर्दछ । विभिन्न प्रकारका एडिजमध्ये एडिज एलवोपिक्टसएडिज एजेप्टी मुख्य हुन् । डेङ्गु भाइरस चार प्रकारका हुने प्रमाणित भइसकेको र  यी सबै नेपालमा पाइने गरेका छन् । एडिज लामखुट्टेको शरीर र खुट्टामा सेता-काला धब्बा हुन्छन्, त्यसैले गर्दा यसलाई टाइगर लामखुट्टे पनि भनिन्छ यो लामखुट्टेबाट मात्रै डेङ्गुको रोग सङ्क्रमण हुने गरेको छ । 

यसले दिउँसो टोक्दछ भने सफा र स्थिर पानीमा यसले अण्डा पार्ने गर्दछ । पोथी लामखुट्टेले आफ्नो अण्डाको विकासका लागि रगत चुस्ने गर्दछ । आफ्नो १४ देखि २१ दिनको जीवनचक्रमा यसले करिब तीन सयवटा अण्डा पार्दछ । डेङ्गु रोग लागेपछि अचानक ज्वरो आउने, वाकवाकी लाग्ने र अचेत हुने लगायतका लक्षण देखा पर्दछन् । 

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  १२ : ५० बजे

गगन थापाको चेतावनी- प्राथमिकता नतोकिएको संविधान संशोधनले देशलाई द्वन्द्वमा धकेल्न सक्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्पष्ट प्राथमिकता र उद्देश्यबिना संविधान

‘नेपाल विशेष सेवा ऐनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारी जग्गाको विवरण उपलब्ध गराउन मातहतका निकायलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफ्ना मातहतका सबै निकायलाई

बजार ओरालो लागेपछि सेबोनले आश्वासन दिँदै भन्यो, आगामी साता ‘पुँजी बजार विकास मार्गचित्र’ सार्वजनिक गर्छौँ

काठमाडौं– सेयर बजार निरन्तर ओरालो लागेपछि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले

राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकबाट ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो