इटालीमा आँधी : ११ जनाको मृत्यु « Khabarhub

इटालीमा आँधी : ११ जनाको मृत्यु


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मध्य इटालीमा आएको भीषण आँधीको कारण सडक र घरहरुमा पसेको बाढीमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

आँधीबाट मध्य इटालीको तटीय क्षेत्रमा ११ जनाको मृत्यु भएको अमेरिकी अखबार न्यूयोर्क टाइम्सको अनलाइन संस्करणले जनाएको छ ।

स्थानीय अधिकारीहरुका अनुसार हालसम्म मृतकको सङ्ख्या ११ छ । आँधीबाट अन्य चार जना अझै बेपत्ता छन् । मध्य इटालीमा आँधीका कारण एकैरातमा एक फुटभन्दा धेरै पानी परेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।

केही घण्टाको अन्तरालमा सो क्षेत्रमा १६ इन्चसम्म पानी परेको नागरिक सुरक्षा अधिकारी लुइजी डिएन्जेलोले जानकारी दिएका छन् ।

आँधीले मध्य इटालीको एङ्कोना र सेनिगालिया सहर सबैभन्दा प्रभावित भएको जनाइएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ५ : ०३ बजे

तोलामै दुई हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ । सुनको

राष्ट्रसंघमा जलवायु न्यायसहितका मुद्दा बलियोसँग उठायौँ : मन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताले देशको

पूर्वाधार विकासमा बैंक लगानी र सहकार्य विस्तारमा भ्रमण फलदायी

काठमाडौं– एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री

जेराल्डटनमा गोली चल्दा एक जना घाइते, पाँच पक्राउ

सिड्नी- पश्चिमी अस्ट्रेलियाको जेराल्डटनमा एक व्यक्तिमाथि गोली प्रहार भएपछि प्रहरीले पाँच

बजाज चेतकको ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

काठमाडौं– नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज