कोभिड १९ बाट फिलिपिन्समा थप २ हजार सङ्क्रमित, ३१ जनाको मृत्यु « Khabarhub

कोभिड १९ बाट फिलिपिन्समा थप २ हजार सङ्क्रमित, ३१ जनाको मृत्यु


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिलिपिन्समा पछिल्लो २४ घण्टामा मात्र कोभिड १९ बाट दुई हजार एक सय ४१ जना सङ्क्रमित भएका छन् । यो समेत गरी न्यहाँ अहिलेसम्म ३९ लाखभन्दा बढी व्यक्तिमा कोभिड १९ को सङ्क्रमण भएको जनाइएको छ ।

साथै त्यहाँ कोभिडका कारण पछिल्लो २४ घण्टामा मात्र ३१ जनाको ज्यान गएको फिलिपिन्सको स्वास्थ्य विभागले जानकारी दिएको छ ।

यो समेत हालसम्म फिलिपिन्समा ६२ हजार चार सय ४७ जनाको कोभिड १९ बाट मृत्यु भएको छ । फिलिपिन्सको राजधानी क्षेत्र मेट्रो मनिलालाई कोभिड १९ ले सबैभन्दा बढी प्रभावित बनाएको छ ।

सो क्षेत्रमा मात्र कम्तीमा पनि एक हजार नयाँ सङ्क्रमित थपिएको बताइएको छ । त्यहाँ गत जनवरीमा एकै दिन ३९ हजार जनामा सङ्क्रमण भएको थियो ।

तर, अहिले भने दैनिक दुई हजार जनाको हाराहारीमा सङ्क्रमित भेटिने गरेका फिलिपिन्सको स्वास्थ्य विभागले जानकारी दिएको छ । हालसम्म फिलिपिन्सको जनसंख्यामध्ये ७२.८ प्रतिशत नागरिकले कोरोनाका विरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ५ : ५८ बजे

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको

आज २०८२ साल माघ ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ३ गते शनिबार तदनुसार

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन