१० करोडको लागतमा शैक्षिक भवन बन्ने « Khabarhub

१० करोडको लागतमा शैक्षिक भवन बन्ने


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

भैरहवा– सुगम जिल्लाको दुर्गम क्षेत्रको रुपमा रहेको रूपन्देहीको मर्चवारमा १० करोडको लागतमा शैक्षिक भवन बन्ने भएको छ ।

२०३० सालमा स्थापित कोटहीमाई ५ मझगावामा रहेको विद्यालयको संरचनाहरू जीर्ण हुँदै गएपछि लुम्बिनी प्रदेश सरकारको लगानीमा लुम्बिनी प्रदेश योजना आयोग मार्फत बहुवर्षीय योजनाबाट शैक्षिक भवन बन्न लागेको हो ।

भौतिक संरचना र पूर्वाधारमा धेरै कमी रहेको पाइएपछि लुम्बिनी प्रदेश सरकारको सक्रियतामा बहुवर्षीय योजना सहित शुक्रबार लुम्बिनी प्रदेश सरकारको शिक्षा तथा खेलकुद मन्त्री बसिउद्दीन खानले भवनको शिलान्यास गरेका छन् ।

विद्यालयको हाता भित्र रहेको जग्गामा सुविधा सम्पन्न संरचना निर्माण गर्ने योजना प्रदेश सरकारले लिएको छ, लुम्बिनी प्रदेश योजना आयोग मार्फत ३ वर्षीय योजना सहित मर्चवार आदर्श माविको शैक्षिक भवन निर्माणका लागि ९ करोड ९९ लाख ९० हजारको लागत अनुमान सहित निर्माण कार्य अघि बढेको मन्त्री खानले भने ।

भवनको शिलान्यास गर्दै मन्त्री खानले विद्यार्थीको संख्या धेरै र सीमित स्रोत साधन शिक्षा दिनमा कठिनाइ भएकोले बहुवर्षीय योजनामा विद्यालयमा बृहद् भवन बनाउन लागेको उनले भने । 

यस्तै सो अवसरमा बोल्दै प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले मर्चवारको भविष्य उज्ज्वल रहेकोले यहाँकाे शैक्षिक गुणस्तरलाई अन्य विद्यालयसँग तुलना गर्दै वृद्धि गर्नु पर्ने जरुरी रहेको बताए । प्रदेश सरकारको दोस्रो ठूलो विद्यालयको योजना मर्चवारमै रहेको बताउँदै उपाध्यक्ष क्षेत्रीले शिक्षामा गुणस्तरका लागि सिस्टम नै परिवर्तन गर्नु पर्ने बताए । 

योजना आयोगले पहिलो वर्ष १ करोड ५० लाख, दोस्रो वर्ष ५ करोड र अन्तिम वर्ष ३ करोड ४९ लाख ९० हजार लागत अनुमान सहित निर्माण कामको थालनी गरेको छ । 

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ६ : ४४ बजे

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा