आज २०८२ साल माघ ३ गते शनिबारको राशिफल « Khabarhub

आज २०८२ साल माघ ३ गते शनिबारको राशिफल


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल माघ ३ गते शनिबार तदनुसार सन् २०२६ जनवरी १७ तारिख । माघ कृष्ण पक्षको चतुदर्शी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : दिन सहज छ । सम्पत्ति खर्च भए पनि इज्जत बढ्नेछ । राज्यको अंगमा संलग्न भए बढुवा हुनेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । प्रतिपक्षी भनिएका साथीको साथ मिल्ने भएकाले लगानीका क्षेत्रमा हिम्मत गर्नुपर्ने दिन छ । व्यापारमा फाइदा हुनेछ ।

वृष : बन्धुसँगको सहकार्य सफल बन्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । विद्याको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । परिवारसँग सल्लाह गरेर अगाडि बढेमा दिन राम्रो बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुन : तपाईंकै बोलीले विवाद बढ्नेछ । साथीहरुको असहयोग हुने भएकाले थोरै बोल्नु आवश्यक छ । पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ । लगानीका क्षेत्रमा गरेको मिहिनेत सफल बन्नेछ । शिक्षाको क्षेत्रमा भने आलश्यता बढ्नेछ ।

कर्कट : सम्पत्तिको घमण्ड हुनसक्छ । थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ । जन्मकुण्डलीमा शनि सहज भएमा राम्रो काम बन्नेछ । इज्जतका लागि सम्पत्ति खर्च गर्नुपर्ने दिन छ ।

सिंह : मनमा उमंग बढ्नेछ । व्यापारमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको सल्लाह लिएर अगाडि बढेमा दिन सहज बन्नेछ । मेहनत गरेमा मात्र सफलता प्राप्त हुने दिन छ ।

कन्या : अनुत्पादक क्षेत्रमा खर्च बढ्नेछ । समाजमा आफू बढी नै खटेर नाम कमाउनुपर्नेछ । राजनीतिक क्षेत्रमा तपाईंलाई प्रयोग गरेर आफ्नो स्वार्थ पूरा गर्ने समूह सक्रिय देखिन्छ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

तुला : न्यायपूर्वक गरेको कर्मको फल प्राप्त हुनेछ । व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा मिहिनेत बढी नै गर्नुपर्ने देखिन्छ । दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुन्छ ।

वृश्चिक : आज शुभ समाचार सुन्दा मन हर्षित हुनेछ । साथीभाइसँगको भेटले मनमा आनन्द मिल्नेछ । आम्दानीका नयाँ स्रोतहरु खुल्दै जाने संकेत देखिन्छ ।

धनु : दिन सहज छ । बोल्दा सचेत हुनुपर्नेछ । राजनीतिक क्षेत्रमा नाम र दाम मिल्ने योग छ । मनमा कुरा गुम्स्याएर नराख्नु राम्रो हुनेछ । स्वास्थ्यमा सुधार हुँदा मन शान्त बन्नेछ । पुराना साथीले तपाईंका गल्तीको खोजी गरिरहेकाले सचेत बन्नुपर्नेछ । परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ ।

मकर : दिन चुनौतीपूर्ण छ । हरेक क्षेत्रमा संघर्ष गर्नुपर्नेछ । पूर्वको लामो यात्रा नगर्नु उचित हुनेछ । अनुत्पादक क्षेत्रमा लगानी नगर्नु उचित हुन्छ । चिट्ठाको लोभमा नपर्नु राम्रो हुन्छ । बौद्धिक व्यक्तिको सल्लाहमा अगाडि बढ्नुपर्ने समय छ ।

कुम्भ : मन शान्त बन्ने योग छ । आज बनाएका योजना दीर्घकालीन बन्नेछन् । परिवारमा बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध समुधुर बन्नेछ । बिहान उठेर शिवको भजन मात्र सुन्न सकेमा मन शान्त बन्नेछ।

मीन : बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ । परिवारको सल्लाह अनुसार अगाडि बढेमा दैनिकी सहज बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ६ : २६ बजे

अन्तर्राष्ट्रिय आपतकाल घोषित इबोलाको जोखिम नेपालमा कति ?

काठमाडौं- अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फैलिएको इबोला भाइरसको नयाँ

ओलीले नै बैठकमा प्रस्ताव गरे : अब पूर्वराष्ट्रपतिको सदस्यता नवीकरण गरिदिऊँ

काठमाडौं- आफूसँग प्रतिस्पर्धा गर्न आउने भएपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति कठोर

प्रतिनिधिसभा : सुकुम्वासी समस्या समाधान गर्ने गरी बजेट ल्याउन माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले विसं २०४८ पछि १८ वटा

दुर्घटनाबाट सुरक्षित हुन हेल्मेटको प्रगोगसम्बन्धी कानुन बन्नुपर्नेमा जोड

काठमाडौं– सवारी दुर्घटनाबाट सुरक्षित हुन नियमित रूपमा हेल्मेटको प्रयोग गर्नुपर्ने

डुबेर बालिकाको मृत्यु

त्रिवेणी- नवलपरासी (बर्दघाट-सुस्ता-पूर्व) नवलपुरको गैँडाकोट नगरपालिका-४ स्थित जयश्री खोलाको भङ्गभङ्गे