सैनिक कल्याणकारी कोषको सम्पत्ति ६९ अर्ब तीन करोड ७९ लाख | Khabarhub Khabarhub

सैनिक कल्याणकारी कोषको सम्पत्ति ६९ अर्ब तीन करोड ७९ लाख


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सैनिक कल्याणकारी कोषको यथार्थ सम्पत्ति रु ६९ अर्ब तीन करोड ७९ लाख पुगेको छ । नेपाली सेनाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कोषमा नगद मौज्दात रु ६२ अर्ब ६८ करोड ८९ पुगेको जानकारी दिइयो ।

विसं २०७८ असार मसान्तसम्ममा कोषमा नगद मौज्दात रु ५४ अर्ब १२ करोड ७५ लाख थियो । उक्त नगद मौज्दात ‘क’ वर्गका २९ वटा वाणिज्य बैंकमा रहेको छ । कोषको मुख्य आयस्रोत भनेको संयुक्त राष्ट्रसङ्घीको आह्वानमा शान्ति कार्यमा गरेको योगदानबाट प्राप्त हुने रकम हो । विसं २०३२ मा शान्ति सेनामा सहभागी भएवापत प्राप्त रु एक करोड २४ लाख एक हजारबाट कोष स्थापना गरिएको थियो ।

सैनिक कल्याणकारी कोषबाट करिब १० लाखको सङ्ख्यामा रहेका हिताधिकारीलाई स्वास्थ्य, शिक्षा, सुविधा तथा सहुलियत र सीप तथा स्वरोजगारीका विभिन्न कार्य सञ्चालन भइरहेको सहायकरथी विजय थापाले जानकारी दिए । सैनिक कल्याणकारी कोषको रकम विगतमा रु ८५ करोड जोखिममा रहेकामा हाल त्यो घटेर करिब रु पाँच करोडमा सीमित रहेको जानकारी दिइयो । सेनाले कोषको पारदर्शितालाई उच्च प्राथमिकतामा राखेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ८ : ०६ बजे

गाजाको एक क्याफेमा इजरायली मिसाइल आक्रमण : २० जनाको मृत्यु

गाजा – अभियन्ता, पत्रकार र स्थानीयको बाक्लो जमघट हुने गाजाको

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

प्रधानमन्त्री ओली स्पेनका समकक्षीले आयोजना गरेको रात्रिभोजमा सहभागी

स्पेन – प्रधानमन्त्री केपी शर्मा ओली स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री)

रुपन्देही – ३ मा कात्तिक १७ गते उपनिर्वाचन

काठमाडौं – निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल असार १७ गते मंगलबार। असार