सुदूरपश्चिम सरकारद्वारा मन्त्रिपरिषद् पुर्नगठन « Khabarhub

सुदूरपश्चिम सरकारद्वारा मन्त्रिपरिषद् पुर्नगठन


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले मन्त्रिपरिषद् पुर्नगठन गर्दै दुई राज्यमन्त्री नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रिपरिषद् पुर्नगठन गरेको हो ।

सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला मन्त्रालयमा राज्यमन्त्री फेरबदल गर्दै पुर्नगठन गरेका हुन् ।

प्रदेशको भौतिक पूर्वाधार राज्यमन्त्रीमा शुशिला बुढाथोकी र आर्थिक मामिला राज्यमन्त्रीमा बलबहादुर सोडारीलाई नियुक्त गरिएको छ । उनीहरू नेकपा एकीकृत समाजवादीका तर्फबाट राज्यमन्त्री बनेका हुन् ।

उनीहरू दुवै जनाले पद तथा गोपनियताको सपथ लिइसकेका छन् । यसअघि आर्थिक मामिला राज्यमन्त्री रहेका अम्मर साउदलाई फिर्ता बोलाएर एकीकृत समाजवादीले उनको सट्टामा सोडारीलाई पठाएको हो ।

यस्तै समाजवादीका तर्फबाट भौतिक पूर्वाधार राज्यमन्त्री बन्नुभएका कुलबीर चौधरी हालै नेकपा एमालेमा प्रवेश भएपछि उनको सट्टामा बुढाथोकीलाई नियुक्त गरिएको हो ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ८ : १९ बजे

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको

आज २०८२ साल माघ ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ३ गते शनिबार तदनुसार

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन