चिनियाँ बन्दीगृहमा भोगेका अनुभवसहित उइगुर महिलाको संस्मरण प्रकाशित « Khabarhub

चिनियाँ बन्दीगृहमा भोगेका अनुभवसहित उइगुर महिलाको संस्मरण प्रकाशित


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चिनियाँ बन्दीगृहमा भोगेका अनुभव समेट्दै एकजना उइगुर महिलाले संस्मरण प्रशाशित गरेकी छिन् । चिनियाँ बन्दी गृहमा भोगेका कठोर अनुभव समेट्दै उइगुर महिला गुलबहार हैतीवाजीले संस्मरण प्रकाशित गरेकी हुन् ।

अमेरिकी सञ्चारमाध्यम भ्वाइस अफ अमेरिकासँग कुरा गर्दै उनले आफूले बन्दीगृहमा निकै नराम्रो अनुभव भोगेको समेत बताइन् ।

‘उनीहरुले हामीलाई त्यहाँ बन्दी बनाए, पूरै विश्वसँग सम्पर्कविहीन ।’ भ्वाइस अफ अमेरिकासँगको कुराकानीका क्रममा उनले भनिन् ।

हाल ५५ वर्षीया हैतीवाजी फ्रान्सको राजधानी पेरिसमा बसोबास गर्दै आएकी छिन् । उनको संस्मरण ११ भाषामा प्रकाशित हुने जनाइएको छ ।
अङ्ग्रेजी भाषामा उनको संस्मरणको शीर्षक ‘‘हाउ आई सर्भाइभ्ड अ चाइनिज ‘रिएजुकेशन’ क्याम्प’’ रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

सन् २०१६ मा उनी चिनियाँ बन्दीगृहमा २० दिनसम्म बन्धक बनेको बताइएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ९ : ३९ बजे

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको

आज २०८२ साल माघ ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ३ गते शनिबार तदनुसार

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन