ईश निन्दाको आरोपमा पाकिस्तानमा सुरक्षाकर्मी पक्राउ « Khabarhub

ईश निन्दाको आरोपमा पाकिस्तानमा सुरक्षाकर्मी पक्राउ


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानमा ईश निन्दाको आरोपमा एकजना सुरक्षाकर्मी पक्राउ परेका छन् । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित बट्टाग्राम जिल्लामा एकजना सुरक्षाकर्मीलाई ईश निन्दाको आरोपमा पक्राउ गरिएको हो ।

उनीमाथि जिल्ला प्रहरी कार्यालयमा भएको वादविवादका क्रममा इस्लामविरोधी अभिव्यक्ति दिएको आरोप लगाइएको छ ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणका अनुसार उनलाई हिरासतमा राखिएको छ ।

यता संदिग्ध आरोपीले भने आफूले कुनै ईश निन्दा नगरेको स्पष्ट पार्दै घटनाबारे निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।

पाकिस्तानमा ईश निन्दाको कानून निकै कठोर मानिन्छ । आलोचकहरु धार्मिक अल्पसङ्ख्यकहरुलाई दमन गर्न पाकिस्तानमा यस्तो कानूनको दुरुपयोग हुँदै आएको बताउने गरेका छन् ।

सन् २०२१ मा मात्रै पाकिस्तानमा ५८५ जनालाई ईश निन्दाको आरोपमा कारवाही गरिएको भारतीय समाचर संस्था एएनआईले जनाएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ७ : ४६ बजे

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको

आज २०८२ साल माघ ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ३ गते शनिबार तदनुसार

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन