नेपाल साफ च्याम्पियनशिप फुटबलको इतिहास रच्ने मोडमा | Khabarhub Khabarhub

नेपाल साफ च्याम्पियनशिप फुटबलको इतिहास रच्ने मोडमा


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साफ च्याम्पियनशिप फुटबलको बाह्र वर्षे इतिहासमा नेपाली राष्ट्रिय महिला टोलीले पहिलो पटक भारतलाई पराजित गरेको छ ।

सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको महिला साफ च्याम्पियनशिपमा नेपालले यसअघि भारतलाई हराउन सकेको थिएन । आजको जीतसँगै नेपाल साफ च्याम्पियनशिपको पाँचौँपटक फाइनलमा पुग्यो । नेपालले भारतलाई १–० गोलअन्तरले पराजित गर्दै नयाँ इतिहास रच्न सफल भयो । नेपालको जीतमा निर्णायक गोल रश्मिकुमारी घिसिङले गरिन् । उनले खेलको पहिलो हाफको इन्जुरी समयमा प्रिति राईको पासमा नेपालका लागि निर्णायक गोल गरिन् ।

खेलको ३३औँ मिनेटमा प्रिति राईले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको सुन्दर प्रहार पोष्टभन्दा माथिबाट बाहिरिएको थियो । पहिलो हाफमा अग्रता लिएसँगै नेपालले खेलको दोस्रो हाफको सुरुआतदेखि नै भारतलाई दबाबमा राखेको थियो । खेलको ६४औँ मिनेमा प्रिति राईले डी बक्सभित्रबाट गरेको प्रहार पोष्ट नजिकैबाट बाहिरिएका थियो ।

त्यस्तै खेलको ७६औँ मिनेटमा भारतकी खेलाडी सौम्याको प्रहारलाई नेपालकी गोलरक्षक एन्जिलाले उत्कृष्ट बचाउ गरिन् । खेलको ८३औँ मिनेटमा सौम्याको क्रसमा करिब ६ यार्डबाट बल क्लियर नहुँदा भारतले गोल फर्काउने सुन्दर अवसर पाए पनि सफल भएन । साफ च्याम्पियनशिपमा नेपालले यसअघि चार पटक फाइनल र एक पटक सेमिफाइनलसम्मको यात्रा तय गर्दा भारतविरुद्ध जीत निकाल्न सकेको थिएन ।

घरेलु मैदान विराटनगरमा आयोजित पाँचौँ संस्करणको साफ च्याम्पियनशिपमा घरेलु समर्थकको साथ हुँदाहुँदै पनि नेपालले फाइदा लिन सकेको थिएन । तर यसपटक नेपालले करिब सात हजार दुई सय घरेलु समर्थकको पूरै लाभ उठायो । पाँच पटकको साफ च्याम्पियनशिपको विजेता भारत पहिलो पटक सेमिफाइनबाट बाहिरियो ।

साफ च्याम्पियनशिपमा जहिले पनि नेपाल भारतसँगै पराजित हुँदै आएको थियो । साफको सुरुआती चरणको फाइनल खेलमा पनि नेपाल भारतसँग १–० गोलअन्तरले पराजित हुँदै दोस्रो बनेको थियो । सन् २०१२ मा भएको दोस्रो संस्करणको फाइनल खेलमा पनि नेपाल भारतसँगै ३–१ गोलअन्तरले पराजित भएको थियो । यसैगरी सन् २०१४ मा भएको तेस्रो संस्करणको फाइनल खेलमा पनि नेपाल भारतसँग ६–० गोलअन्तरले पराजित हुँदै उपविजेता बनेको थियो ।

सन् २०१६ मा भएको चौथो संस्करणको खेलमा भने नेपाल सेमिफाइनलबाटै बाहिरियो । त्यतिबेला नेपाल सेमिफाइनल खेलमा भारतसँग ३–१ गोलअन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । सन् २०१९ मा भएको पाँचौँ संस्करणमा पनि नेपालले फाइनल खेलमा ३–० गोलअन्तरले भारतसँग पराजित हुँदै दोस्रो स्थानमा चित्त बुझाएको थियो ।

साफ महिला च्याम्पियशिपको इतिहासमा अब नेपालले पहिलो पटक बङ्गलादेशलाई प्रतिद्वन्द्वी पाएको छ । घरेलु समर्थकका माझ नेपाल र बङ्गलादेशबीचको फाइनल खेल सोमबार हुनेछ । आजै भएको पहिलो सेमिफाइनल खेलमा बङ्गलादेशले भूटानलाई ८–० गोलअन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । यसअघिका पाँचै संस्करणको उपाधि भारतले जितेको थियो । छटौँ संस्करणमा नयाँ राष्ट्र च्याम्पियन हुने निश्चित भएको छ ।

समूह चरणको खेलमा नेपालले भूटानलाई ४–० गोलअन्तरले पराजित गरेको थियो भने श्रीलङ्कालाई ६–० गोलअन्तरले हराएको थियो । खेलपछि नेपाली टोलीका मुख्य प्रशिक्षक कुमार थापाले बाह्र वर्षपछि इतिहास रच्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए । उनले सबै खेलाडीको मेहनत र आम फुटबलपे्रमीको समर्थनमा नेपालले जीत दर्ज गरेको बताए । भारतविरुद्धको खेलमा वर्षा बाधक नबन्दा जीत हात पार्न सहज भएको उनको प्रतिक्रिया थियो ।

मुख्य प्रशिक्षक थापाले नेपाली टोलीले पाएको अवसरलाई गुमाउन नदिएको बताए । उनले बङ्गलादेशविरुद्धको फाइनलमा पनि उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वास  समेत व्यक्त गरे। राष्ट्रिय फुटबल टोलीकी सदस्य प्रिति राईले घरेलु दर्शकले खेल जिताउन सहयोग पु¥याएको र आगामी खेलमा पनि उत्कृष्ट खेल प्रदर्शन गर्ने बताए ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  १० : ५७ बजे

बाहिरियो रवि हिरासतमा सुतेको तस्बिर, रास्वपा नेताले उठाए प्रश्न

काठमाडौं – प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

एकीकृत समाजवादीमा झलनाथलाई रोजेकै विभाग, विद्यार्थीको जिम्मा झाँक्रीलाई

काठमाडाैं – नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय नेताहरूको जिम्मेवारी तोकेको छ

एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने

भक्तपुर – यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात्

आपराधिक घटनामा वृद्धि : दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ

काठमाडौं – नेपाल प्रहरीको तथ्याङ्कले आपराधिक घटना न्यूनीकरण हुन नसकेको

पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अघि सर्नुपर्छ : मन्त्री पाण्डे

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन