नवौँ राष्ट्रिय खेलकुद : तेक्वान्दोमा पुलिसलाई चार स्वर्ण « Khabarhub

नवौँ राष्ट्रिय खेलकुद : तेक्वान्दोमा पुलिसलाई चार स्वर्ण


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

कास्की – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको बेनीमा जारी तेक्वान्दो खेलको पुम्सेतर्फको बिधाका उपाधिमा नेपाल प्रहरीले वर्चश्व कायम गरेको छ। पुम्से एकल र पियरको महिला पुरुष दुवैमा विजेता बनेको प्रहरीले पुरुष टिम पुम्सेतर्फ पनि प्रथम बनेर चार स्वर्ण पदक जितेको छ। महिलातर्फको टिम पुम्सेमा भने नेपाली सेनाले जितेको छ।

राष्ट्रिय खेलकुद परिषद्का प्रमुख तेक्वान्दो प्रशिक्षक नवीन श्रेष्ठले प्रहरीका निशा दर्नाल महिला र कमल श्रेष्ठ एकल पुम्सेमा विजयी भएका बताए। महिलातर्फ सेनाकी स्वतिका तामाङ दोस्रो, प्रदेश नं १ की सुशीला राई र गण्डकीकी अर्पण अधिकारी तेस्रो भएका छन्। पुम्से एकल पुरुषमा लुम्बिनीका युवराज राना द्वितीय, गण्डकीका आयुष गुरुङ र प्रदेश नं १ का विवेक राई तेस्रो भए।

पुम्से पियरमा प्रहरीका निशा दर्नाल र अस्मिन राउत प्रथम, सेनाका दीपेन्द्र गुरुङ र प्रशन्ना क्षेत्री दोस्रो, गण्डकीका आयुश गुरुङ र अर्पणा अधिकृत तथा प्रदेश नं १ का विवेक राई र सुविक्षा राई तेस्रो भएका छन्।

पुरुषको टिम पुम्सेमा पुलिसका प्रेमबहादुर लिम्बू, जितबहादुर भाट र कमल श्रेष्ठ प्रथम, सेनाका दीपेन्द्र गुरुङ, राजन रिमाल, रामकुमार पोखरेल द्वितीय, गण्डकीका टार्जन कायत मगर, तिलक सिउथानी मगर र युकेश थापामगर तथा सशस्त्र प्रहरीका सिर्जन श्रेष्ठ, नोर्वु मोक्तान र योवन दाहाल तेस्रो भए।

टिम पुम्से महिलामा सेनाका स्वतीका तामाङ, निता गुरुङ, प्रशन्ना क्षेत्री प्रथम, पुलिसका निशा दर्नाल, सीता तामाङ, मोनिका रम्तेल द्वितीय, सशस्त्र प्रहरीका मोनिका मगर, स्मृति नेपाली र चन्दा शाही तथा प्रदेश नं १ का मनिषा विश्वकर्मा, शान्ति राई र सुशीला राई तेस्रो भए। तेक्वान्दोको पुम्मे विधातर्फको सबै खेल सकिएको राखेपका प्रमुख तेक्वान्दो प्रशिक्षक श्रेष्ठले बताए।

गेरोगीतर्फ शनिबार महिलाको ५३ र पुरुषको ५८ केजी तौल समूहको पहिलो चरणको खेल सकिएको छ। महिलाको ५३ केजी तौल समूहबाट सेनाका गीता कडायत, लुम्बिनी प्रदेशका निलिमा मल्ल, प्रहरीका आयुशा लामा र सशस्त्र प्रहरीका अस्मिता खड्का क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

पुरुष ५८ केजी तौल समूहबाट मधेस प्रदेशका सोव अख्तर, बागमतीका रेहन केसी, पुलिसका सुवासचन्द्र बोहोरा र सेनाका लोकबहादुर राउत क्वाटरफाइनल प्रवेश गरेका छन्। राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको प्रतियोगिता कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ। सातवटा प्रदेश, तीनवटा विभागीय र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का तीन सय ३० खेलाडी सहभागी भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ। समितिका प्रशिक्षक कर्ण प्रधानले २२ वटा इभेन्ट्सका खेल हुने जानकारी दिनुभयो। स्वर्ण र कास्य २२–२२ तथा ४४ वटा रजत पदकका लागि प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ९ : ३५ बजे

एआई शिखर सम्मेलन निष्कर्षविहीन

एजेन्सी– पाँच दिनसम्म विश्वका नेताहरू, प्रविधि कम्पनीका प्रमुख र नीति

नापतौलमा अनियमितता गर्ने ११ सय व्यवसायीलाई कारबाही

जनकपुरधाम– गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले चालु आर्थिक वर्ष २०८२-८३

सहाराले १२ वर्षपछि चुम्यो आहा रारा पोखरा गोल्डकपको उपाधि

कास्की– मोफसलको पुरानो र प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित आहा

गृहमन्त्रीद्वारा काठमाडौं र मकवानपुरको मतदानस्थलको अनुगमन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

राजनीतिक दलका चुनावी घोषणापत्र : निःशुल्क स्वास्थ्यमा जोड

काठमाडौं– आसन्न प्रतिनिधिसभाको निर्वाचनमा राजनीतिक दलले जनताको स्वास्थ्य सेवालाई मुख्य