करातेको स्वर्ण एपिएफ र पुलिसलाई « Khabarhub

करातेको स्वर्ण एपिएफ र पुलिसलाई


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

पर्वत– नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पर्वतको कुश्मामा भइरहेको करातेको पहिलो ‘इभेन्ट’ का रूपमा पुरुषको एकल काता र महिला एकल काताको प्रतिस्पर्धा सम्पन्न भएको छ। शनिबार अबेर सम्पन्न भएको पुरुष एकल कातामा सशस्त्र प्रहरी बलका स्वर्णिम मानन्धरले स्वर्ण पदक हात पार्नुभएको छ। बागमती प्रदेशका रेहान जावेदले रजत, प्रदेश नं १ का आशिष मगर र नेपाल प्रहरीका महसुस तामाङले कास्य पदक हात पार्नुभएको हो।

त्यस्तै महिला एकल कातातर्फ नेपाल प्रहरीका चन्चला दनुवारले स्वर्ण, नेपाली सेनाका सङ्गीता मगरले रजत, कर्णाली प्रदेशका एलिसा रास्कोटी र सुदूरपश्चिम प्रदेशका वर्षा साउदले कास्य पदक हात पारेका छन्। पुरुष समूह काता र महिला समूह काताका प्रतियोगिता भने शनिबार साँझसम्म सम्पन्न हुने राष्ट्रिय कराते महासङ्घका प्रचार प्रमुख गजेन्द्र खपाङ्गीले जानकारी दिए। उनका अनुसार आज बिहान ८ बजेदेखि अन्य प्रतिस्पर्धाअन्तर्गतका प्रतियोगिता हुनेछन्।

यसमा महिला ५५ केजी, पुरुष ७५ केजी, महिला ६१ केजी, र पुरुष ८४ केजीभन्दा माथिको तौल समूह गरी चारवटा खेल हुनेछन्। यी समूहको सेमिफाइनल र फाइनल खेल दिउँसो १ बजेपछि सुरु हुनेछन्।

असोज ३१ गते पुरुष ६० केजी, महिला ६८ केजीभन्दा माथि, पुरुष ६७ केजी र महिला ६८ केजीभन्दा तल र पुरुष ८४ केजीभन्दा तलको तौल समूहमा प्रतिस्पर्धा हुनेछन्। यी विधाको सेमिफाइनल र फाइनल खेल सोही दिनको दिउँसो १ बजेपछि खेलाउने तयारी छ। कात्तिक १ गते महिला ४५ केजी, पुरुष ५५ केजी, महिला ५० केजी र पुरुष ५० केजी तौल समूह गरेर चारवटा ‘इभेन्ट’ मा खेल हुनेछन्। यी समूहका खेलको सेमिफाइनल तथा फाइनल खेल पनि दिउँसो १ बजेपछि हुनेछन्।

आउँदो कात्तिक २ गते पुरुष टिम कुमुते (सामूहिक फाइट) र महिला कुमुते ‘इभेन्ट’ मा खेल हुनेछन्। टिम कुमुतेको सेमिफाइनल र फाइनल खेल दिउँसो १ बजे सुरु हुनेछन्। करातेका मुख्य सहायक प्रशिक्षक तथा प्रतियोगिताका सदस्य दीपक श्रेष्ठका अनुसार नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश कराते ५३औँ राष्ट्रिय कराते प्रतियोगिता हो।

महिला र पुरुषका काता र विभिन्न तौल समूह गरी कुल १९ ‘इभेन्ट’ मा खेल हुनेछ। ती ‘इभेन्ट’ बाट खेलाडीले ३२ स्वर्ण, ३२ रजत र ६४ कास्य गरी कुल एक सय २८ पदक प्राप्त गर्नेछन्। कराते सात प्रदेश, सेना, सशस्त्र प्रहरी र प्रहरी गरेर तीन विभागीय तथा एनआरएनएको एक टोली गरेर ११ समूह दुई सय ९० खेलाडीले प्रतिस्पर्धा गर्दैछन्।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  १० : ०० बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी