पूर्वमन्त्री श्रेष्ठले निर्वाचनमा आफैलाई मतदान गर्न नपाउने | Khabarhub Khabarhub

पूर्वमन्त्री श्रेष्ठले निर्वाचनमा आफैलाई मतदान गर्न नपाउने


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

बारा– आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा बार निर्वाचन क्षेत्र नं.४ बाट उम्मेदवारी दिएका पूर्वमन्त्री कृष्ण कुमार श्रेष्ठले आफूलाई मत दिन नपाउने भएका छन् । उनको मतदाता नामावली तनहुँको ब्यास नगरपालिका ४ दमौलीमा रहेकोले आफूलाई मतदान गर्न नपाउने भएका हुन् । 

प्रत्यक्ष तर्फ मतदानका लागि सम्बन्धित मतदान केन्द्र मैं पुग्नु पर्ने कानूनी व्यवस्था रहेकाले उनले बाराबाट मतदान गर्न नपाउँने निर्वाचन आयोगले जनाएको छ । पूर्वमन्त्री समेत रहेका श्रेष्ठको मतदान केन्द्र ब्यास नगरपालिका वडा नं. ४ दमौलीको मदरसा आधारभूत विद्यालय साँखरमा रहेकाले उनले प्रत्यक्ष तर्फका उम्मेदवारलाई मत दिने हो भने तनहुँ मैं जानु पर्ने समेत आयोगले जनाएको छ

बारा निर्वाचन क्षेत्र नं. ४ बाट उम्मेदवारी दिएका उनी यसपटक भने मतदान गर्न तनहुँ पुग्न नसक्ने देखिएको छ । नेता श्रेष्ठले आँफू बारा आएर चुनाव लड्ने वा तनहुँ मैं लड्ने भन्ने निधो नभइसकेकाले मतदाता नामावली सार्न नसकिएको र यस पटक आफू मतदानबाट बञ्चित हुनु परेको बताए । आफ्नो क्षेत्र छाडेर अन्यत्र चुनाव लड्ने नेता श्रेष्ठ एक्ला व्यक्ति भने होइनन् । श्रेष्ठ जस्तै देशभरका धेरै उम्मेदवारले आफूलाई नैं मत हाल्न नपाउँने भएका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  १२ : ३५ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले