अवैध लागूऔषधसहित ६ जना पक्राउ  « Khabarhub

अवैध लागूऔषधसहित ६ जना पक्राउ 


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानबाट अवैध आगूऔषधिसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१७ धोबिचौरबाट नियन्त्रित लागूऔषध नुर्फिन ३५ एम्पुल, डाइजेपाम ३५ एम्पुल, फेनारगन ३५ एम्पुल  र नगद २ हजार ५ सय रुपैयाँसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार साँझ उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । 

दाङको घोराही उपमहानगरपालिका–१३ डुमरगाँउबाट ५ ग्राम ४ सय ३० मिलिग्राम खैरो हेरोईनसहित सोही उपमहानगरपालिका–१५ बस्ने २२ वर्षीय सरोज महरा क्षेत्रीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनको शरीर तलासी गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको  हो । कपिलवस्तुको कृष्णनगर नगरपालिका–१२ हरिगवास्थित आँपको बगैँचाबाट १३ ग्राम ३ सय ४० मिलिग्राम ब्राउन सुगरसहित सोही नगरपालिका–१२ मानपुर बस्ने ३१ वर्षीय ओम प्रकाश पाललाई शनिबार प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनको शरीर तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  १२ : ४८ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको