‘घुमौँ सौराहा’ अभियान सुरु | Khabarhub Khabarhub

‘घुमौँ सौराहा’ अभियान सुरु


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भरतपुर– चितवनको पर्यटकीय क्षेत्र सौराहाका व्यवसायीले आन्तरिक पर्यटन प्रवर्द्धन अभियानमा थालेका छन् । चाडपर्वमा पनि सौराहामा सुनसान भएपछि व्यवसायीले ‘घुमौँ सौराहा’ अभियान सञ्चालन गर्ने तयारी थालेका हुन् । यसअघि कोरोना महामारीका कारण गरिएको लकडाउनपछि यहि अभियानका साथ पूर्वका दुई प्रदेशमा व्यवसायी पुगेका थिए । अभियानपछि सौराहामा पर्यटकको सङ्ख्या केही बढेको थियो । यस वर्ष पनि चाडपर्व सकिएपछि पुनः घुमौँ सौराहा भन्दै देशका सातवटै प्रदेशमा पुग्ने तयारीमा सौराहाका व्यवसायी जुटेका हुन ।

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले सौराहामा आन्तरिक पर्यटक बढाउन देशव्यापी अभियान सञ्चालन गर्ने तयारी गरेको बताए । उनले यसवर्ष देशका सातै प्रदेश पुग्ने योजना रहेपनि पहिलो चरणमा पाँच प्रदेशमा अभियान सञ्चालन गरिने जानकारी दिए । ‘कोरोनाका कारण भएको लकडाउनपछि प्रदेश १ र मधेश प्रदेशमा अभियान सञ्चालन गरेका थियौँ त्यो प्रभावकारी बन्यो’, उनले भने। यसपटक देशका सबै प्रदेशमा पुगेर त्यहाँका व्यवसायी, सङ्घ संस्थाका प्रतिनिधि, बुद्धिजीवी, नागरिक समाज र पत्रकारसँग छलफल गर्दै सौराहा घुम्न आउनका लागि निमन्त्रणा दिइने उनले बताए । भट्टराईका अनुसार अभियानका क्रममा यहाँका पर्यटकीय गतिविधिका दृश्य देखाइनेछ । ‘प्रदेश सरकारले घोषणा गरेको बागमती प्रदेश भ्रमण वर्ष अभियानलाई पनि टेवा पुग्नेगरी ‘घुमौँ सौराहा’ का कार्यक्रम सञ्चालन हुनेछन्’, उनले भने ।

बागमती प्रदेश सरकारले सौराहामा नै कार्यक्रमको आयोजना गरेर बागमती प्रदेश भ्रमण वर्ष शुभारम्भ गरिसकेको छ । ‘घुमौँ सौराहा’ अभियानमा छुट प्याकेजकोसमेत घोषणा गरिने भट्टराईले बताए । 

यो समयमा सौराहाका होटलमा खचाखच पर्यटक हुन्थे । व्यवसायीलाई पर्यटकको स्वागतदेखि निकुञ्ज घुमाउन भ्याइनभ्याइ हुन्थ्यो । यतिबेला सौरामा चाडपर्वका कारण केही चहलपहल बढे पनि सन्तोषजनक नरहेको उनले बताए । ‘अहिले २० देखि ३० प्रतिशत पर्यटक मात्र सौराहा आएका छन्, केही विदेशी पर्यटक पनि छन्’, उनले भने। मनसुन सकिएको र जाडोयाम सुरु भएसँगै पर्यटकको सङ्ख्या बढ्ने अपेक्षा सौराहाका व्यवसायीले गरेका छन् ।

रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल सौराहाका अध्यक्ष नरेश गिरीले सौराहामा पर्यटकको चहलपहल केही बढेको र ‘घुमौँ सौराहा’ अभियानले यहाँ आन्तरिक पर्यटक थप बढ्ने अपेक्षा गरे। ‘यही रफ्तारमा बढ्दै गयो भने यहाँ पर्यटकको आवागमन राम्रै हुन्छ’,उनले भने, ‘चुनावका कारण केही समय पर्यटक आगमन केही कम भए पनि चुनाव पछि बढ्नेछ ।’ उनले पछिल्लो समय देशव्यापीरुपमा भएको आर्थिक मन्दीका कारण पनि पर्यटन क्षेत्र चलायमान हुन नसकेको बताए । 

रेवानले सौराहा आउने आन्तरिक पर्यटकलाई लक्षित गरेर नियमित १० प्रतिशत छुट दिइरहेको गिरीले बताए । सौराहाको पार्क सफारी रिसोर्टका निर्देशक योगेश अधिकारीले दशैँसम्म पानी परेका कारण यसवर्ष सिजनमा पनि पर्यटक सौराहा आउन नसकेको बताए । उनले चिनियाँ पर्यटक नेपाल नआएसम्म नेपालको पर्यटकीय क्षेत्र पुरानो लयमा फर्कन नसक्ने बताए । चितवनसँग अन्य जिल्ला जोडिने सडक सञ्जाल राम्रो नहुँदा पनि यहाँको पर्यटन थप चलायमान बन्न नसकेको उनको भनाइ छ ।

नारायणगढ-बुटवल सडकखण्ड विस्तारका क्रममा छ भने नारायणगढ-मुग्लिन सडकखण्डमा पनि यो वर्ष मात्रै दुई दर्जन बढी पटक पहिरो खसेर सडक अवरुद्ध भएको छ । चितवन राष्ट्रिय निकुञ्जमा वन, वनस्पति र वन्यजन्तु अवलोकनका लागि यहाँ पर्यटक आउने गर्दछन् । दुलर्भ एकसिङ्गे गैँडा, बाघ र घडियाल गोही यहाँका मुख्य आकर्षण हुन् । यहाँ हात्ती सफारी, डुङ्गा सयर, जीप सफारी, पैदलयात्रामार्फत निकुञ्ज र मध्यवर्ती क्षेत्र भ्रमण गराइदै आएको छ । सौराहामा ठूला-साना एक सय ४० होटल छन् भने करिब एक सय रेस्टुराँ सञ्चालनमा छन् । 

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  २ : ४४ बजे

रास्वपाले आज काठमाडौं र पोखरामा प्रदर्शन गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेलाई पक्राउ

ढकमक्क सयपत्री

दाङ– वाणगङ्गा नगरपालिका कपिलवस्तुका भाष्कर पंगेनी र दशरथ साउदले घोराही

कठिन बन्दै मध्यपूर्वमा शान्ति स्थापना

याया सिनावरको मृत्यु हमासका लागि गम्भीर धक्का हो। तर, यसको

सिर्सिया सुक्खाबन्दरगाहबाट तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन

खुर्कोटको पुल निर्माणमा तीव्रता

रामेछाप– रामेछाप र सिन्धुली जोड्ने प्रमुख नाकाका रुपमा रहेको खुर्कोटको