सत्ता गठबन्धन नेता स्तरमा मात्रै सीमित छन् : महेश बस्नेत « Khabarhub

सत्ता गठबन्धन नेता स्तरमा मात्रै सीमित छन् : महेश बस्नेत


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- एमालेबाट भक्तपुर-२ का उम्मेदवार महेश बस्नेतले सत्ता गठबन्धन नेता स्तरमा मात्रै सीमित रहेको दाबी गरेका छन् । ‘गठबन्धन नेताहरूबीच मात्रै छ, कार्यकर्ताबीचमा कुनै गठबन्धन छैन,’ उनले भने, ‘त्यसकारण यो गठबन्धनले एमालेलाई केही असर गर्दैन ।’ 

प्रेस चौतारी भक्तपुरले आइतबार आयोजना गरेको अन्तरक्रियामा बस्नेतले आफू जनस्तरमा पुग्दा गठबन्धनविरुद्ध सत्ता गठबन्धन कै कार्यकर्ताहरू रहेको पाएको दाबी गरे । यही कारण आफूहरूले ती कार्यकर्तासँग भेटिरहेको उनको भनाइ थियो । ‘हामी सता गठबन्धनका कार्यकर्ताहरूलाई भेटिरहेका छु, ती कार्यकर्ताहरू हामीप्रति सकारात्मक छन्,’ उनले भने । 

आफू विजयी भए भक्तपुरलाई भ्रष्टाचारमुक्त जिल्लाको रुपमा विकास गर्ने पनि बताए । ‘भक्तपुरमा काम गर्दा एक पैसा पनि कहीँकतै घुस दिन नपर्ने गरी सिंगो भक्तपुरलाई नै भ्रष्टाचारमुक्त बनाउँछु’ बस्नेतले भने ।  

पछिल्लो पटक दोब्बर मतले विजयी भएकोमा यो पटक दोब्बर होइन, तेब्बर बढी मतले विजयी हुने उनले दाबी गरे । उनले भक्तपुर-२ मा विकासको लहर ल्याएको तर त्यसलाई कांग्रेसले रोकेको आरोप पनि लगाए । कांग्रेसको यही कामले गर्दा यसपटक मत अझ बढ्ने उनको भनाइ दाबी छ । 

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ४ : ३२ बजे

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौं– लामखुट्टेको टोकाइबाट सर्ने जापनिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा मृत्यु

चुनदेवीबाट गगनविरुद्ध सक्रियता बढाउँदै देउवा (तस्बिरहरू)

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पन्ध्रौँ महाधिवेशन तयारी अघि

जेन-जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर– गत वर्षको जेन-जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको एक थान

टेस्लाले सेप्टेम्बर ३ मा ‘साइबरक्याब’ रोबोट्याक्सी सार्वजनिक गर्ने

वाशिङ्टन- अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले सेप्टेम्बर ३ मा टेक्सासको

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र