नेपाल राष्ट्र बैंकद्वारा ४० करोड थान १ रुपैयाँका नयाँ सिक्का ल्याउने « Khabarhub

नेपाल राष्ट्र बैंकद्वारा ४० करोड थान १ रुपैयाँका नयाँ सिक्का ल्याउने


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका नयाँ सिक्का ल्याउने भएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले १ रुपैयाँ दरका ४० करोड थान साधारण चल्तीका सिक्काको डिजाइन, टक्साउ, आपूर्ति तथा ढुवानीका लागि आइतबार पूर्व-योग्य सूचीमा रहेका कम्पनीहरूबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बोलपत्र आह्वान गरेको हो ।

यस अघि मार्च १२ मा प्रकाशित सूचना अनुसार पूर्व-योग्य ठहरिएका बोलपत्रदाताहरूले मात्र यस खरिद प्रक्रियामा भाग लिन पाउनेछन् । यो खरिद कार्य ‘सिंगल स्टेज टू इन्भेलप’ विधि अन्तर्गत सम्पन्न हुनेछ, जस अनुसार प्राविधिक प्रस्ताव र आर्थिक प्रस्ताव छुट्टाछुट्टै सिलबन्दी खाममा पेस गर्नुपर्नेछ ।

इच्छुक पूर्व-योग्य बोलपत्रदाताहरूले कम्पनी दर्ता प्रमाणपत्र, अधिकारपत्र र बैंक भौचर पेस गरी नोभेम्बर २ सम्म कार्यालय समयभित्र राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथली वा टक्सार प्रभाग, बबरमहलबाट बोलपत्र कागजात खरिद गर्न सक्नेछन् । 

बोलपत्र फारामको शुल्क गैर-फिर्ताहुने गरी नेपाली रुपैयाँमा २० हजार अमेरिकी डलरमा १३१ वा युरोमा ११५ तोकिएको छ, जुन राष्ट्र बैंकको थापाथलीस्थित बैंकिङ विभागमा रहेको तोकिएको खातामा जम्मा गर्नुपर्नेछ ।

बोलपत्रसम्बन्धी पूर्व-बैठक अक्टोबर १५ को मध्यान्ह १२ बजे मुद्रा व्यवस्थापन विभाग, थापाथलीमा आयोजना गरिनेछ । सिलबन्दी बोलपत्र पेस गर्ने अन्तिम समय नोभेम्बर ३ को मध्यान्ह १२ बजेसम्म तोकिएको छ भने प्राप्त बोलपत्र सोही दिन दिउँसो १ बजे बोलपत्रदाताका प्रतिनिधिहरूको उपस्थितिमा खोलिनेछ ।

पेस गरिने बोलपत्रको मान्यता अवधि खोलिएको मितिदेखि १२० दिनको हुने सूचनामा उल्लेख छ । साथै, बोलपत्रदाताले कम्तीमा १ लाख ४८ हजार अमेरिकी डलरको बोलपत्र जमानत पेस गर्नुपर्नेछ, जसको मान्यता अवधि अप्रिल २, २०२७ सम्म हुनुपर्नेछ । 

सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम कालोसूचीमा परेका कम्पनी वा तिनका सञ्चालक र लगानीकर्ताहरू यस प्रक्रियामा सहभागी हुन पाउने छैनन् ।
 

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ११ : ५९ बजे

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

म्याड्रिड– अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत