काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत उपस्थित नहुने भएका छन् ।
कांग्रेसको १५औं महाधिवेशन २ बजेबाट खुल्ला मञ्चमा हुँदैछ । आफू आफ्नै महाधिवेशनका कारण वीरगन्जमा रहेकाले कांग्रेसको महाधिवेशनमा सहभागी हुन नसकेको जानकारी राउतले खबरहबलाई दिए ।
‘म आफ्नै पार्टीको महाधिवेशनको सिलसिलामा वीरगन्ज छु । गगनजीहरूलाई मेरो शुभकामना छ उहाँहरूले एउटा दरिलो सन्देश दिएर महाधिवेशन गर्न लाग्नुभएको छ यो नेपाली राजनीतिका लागि निकै महत्त्वपूर्ण कुरा हो ।’ राउतले भने, ‘काठमाडौँमै भएको भए म जसरी पनि जानुपर्थ्यो तर यता भएका कारण उपस्थित हुन सकिन ।’
जनमत पार्टीले दोस्रो महाधिवेशन गरेर अध्यक्षमा सीके राउतलाई नै दोहोर्याएको छ ।














प्रतिक्रिया