कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने « Khabarhub

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत उपस्थित नहुने भएका छन् । 

कांग्रेसको १५औं महाधिवेशन २ बजेबाट खुल्ला मञ्चमा हुँदैछ । आफू आफ्नै महाधिवेशनका कारण वीरगन्जमा रहेकाले कांग्रेसको महाधिवेशनमा सहभागी हुन नसकेको जानकारी राउतले खबरहबलाई दिए । 

‘म आफ्नै पार्टीको महाधिवेशनको सिलसिलामा वीरगन्ज छु । गगनजीहरूलाई मेरो शुभकामना छ उहाँहरूले एउटा दरिलो सन्देश दिएर महाधिवेशन गर्न लाग्नुभएको छ यो नेपाली राजनीतिका लागि निकै महत्त्वपूर्ण कुरा हो ।’ राउतले भने, ‘काठमाडौँमै भएको भए म जसरी पनि जानुपर्थ्यो तर यता भएका कारण उपस्थित हुन सकिन ।’

जनमत पार्टीले दोस्रो महाधिवेशन गरेर अध्यक्षमा सीके राउतलाई नै दोहोर्‍याएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  १२ : ११ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको