उदयपुरको रौतामाईस्थित जनता माविमा तालाबन्दी « Khabarhub

उदयपुरको रौतामाईस्थित जनता माविमा तालाबन्दी


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

उदयपुर – उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँस्थित जनता माद्यामिक विद्यालय रसुवामा शिक्षक अभावले पढाई प्रभावित भएको भन्दै विद्यार्थी र अभिभावकले सात दिने अल्टिमेटम दिँदै विद्यालयमा तालाबन्दी गरेका छन् ।

स्थानीय राजनीतिक दलसहित अभिभावक तथा विद्यार्थीले विद्यालयमा विषयगत शिक्षक अभाव रहेको भन्दै आइतबार दिउँसो ३ बजेदेखि विद्यालयमा तालाबन्दी गरेका हुन् । विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन र वडा कार्यालयलाई विद्यालयमा विषयगत शिक्षक व्यवस्थापन गर्न पटक(पटक माग गर्दासमेत सुनुवाइ नभएपछि स्थानीय खिलाराज राईको नेतृत्वमा स्थानीय राजनीतिक दल तथा अभिभावक, विद्यार्थीले सात दिनभित्र विषयगत शिक्षक व्यवस्था गर्न माग गर्दै माग पत्र बुझाएर तालाबन्दी गरेका हुन् ।

विद्यालयको शैक्षिक सुधारका लागि अभिभावकद्वारा संर्घष समिति गठन गरेर ६ बुँदे माग राखी तालाबन्दी गरेको जनाइएको छ । उनीहरूले विद्यालयमा शैक्षिक सुधारको माग राखी तालाबन्दी गरेको राईले बताए ।

विद्यार्थीमाथि पटक(पटक निर्घात कुटपिट गर्ने विवादास्पद शिक्षक विमानसिंह खड्कालाई तत्काल पदबाट बर्खास्त गराउनु पर्ने, विद्यालयको कोषमा अनुचित दोहनको औचित्य साबित गर्न र विद्यालय व्यवस्थापन समिति वा अन्यथा सम्बन्धित व्यक्तिबाट असुल उपर गराउन माग, शिक्षकको भरपर्दो वैकल्पिक व्यवस्थापन बिना सरुवा सहमतिको कारण पढाइमा परेको क्षतिका लागि असक्षम विद्यालय व्यवस्थापन समितिले सामूहिक राजीनामा गराउन माग, विषयगत शिक्षकलाई पदच्युत गर्नु पर्ने कारणको तथ्यगत रूपमा प्रमाणसहित पुष्टि गराउन र उक्त विषयको विषय शिक्षकको तत्काल व्यवस्था गराउन माग, विद्यालय व्यवस्थापन समितिले गरेको निर्णयविरुद्ध आम अभिभावको सहमति बिना भएको कुनै पनि मुद्दाका कारण हुने खर्चको जिम्मेवारी विद्यालयले संस्थागत रूपमा स्वीकार नगर्ने औपचारिक घोषणा गराउन माग उनीहरूको रहेको छ ।

केही दिनअघि शिक्षक खड्काले कक्षा ९ का विद्यार्थी पुष्प बस्नेतमाथि निर्घात कुटपिट गरेका थिए । उनीमाथि कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमलाई ज्ञापन पत्र बुझाउँदासमेत कारबाही नभएकाले तत्काल खड्कालाई बर्खास्त गर्न विद्यार्थी तथा अभिभावकले माग गरेका छन् ।

 

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ९ : १७ बजे

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर

वडा पुग्न नसक्ने नागरिकलाई राजधानीमै पुगेर भत्ताकार्ड नवीकरण

दोलखा– स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यही