जापानमा शक्तिशाली भूकम्प « Khabarhub

जापानमा शक्तिशाली भूकम्प


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

टोकियो – जापानमा शक्तिशाली भूकम्प गएको छ। जापानमा ६.१ म्याग्निच्यूडको भूकम्प गएको हो।

भूकम्पपछि टोकियोलगायतका सहरमा धक्का महसुस गरिएको थियो। भूकम्पपछि सुनामीको चेतावनी भने जारी गरिएको छैन्।

भूकम्प सोमबार साँझ मध्य मिई प्रिफेक्चरको करिब ३५० किलोमिटर (२१७ माइल) गहिराइमा गएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ। सार्वजनिक प्रसारक एनएचकेका अनुसार भूकम्पबाट फुकुशिमा आणविक संयन्त्रहरूमा कुनै क्षति रिपोर्ट गरिएको छैन। अमेरिकी भूगर्भ सर्वेक्षणले पनि ६.१ म्याग्निच्यूडको भूकम्प मापन गरेको छ।

भूकम्पको केन्द्रबिन्दुबाट सयौं किलोमिटर टाढा रहेको उत्तरी टोकियोको फुकुशिमा र इबाराकी प्रान्तहरूमा धक्का महसुस गरिएको थियो।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ६ : ५० बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण