साउदीमा अलपत्र ६ नेपालीको उद्धार « Khabarhub

साउदीमा अलपत्र ६ नेपालीको उद्धार



दोहा – रोजगारीका लागि साउदी अरब पुगेर अलपत्र परेका ६ जना नेपालीको उद्धार गरिएको छ । करिब एक वर्ष र छ महिनाअघि देखि साउदी पुगेर इकामा नवीकरण नभएर अलपत्र परेका ११ जना मध्य ६ जनाको उद्धार गरिएको हो ।

गैरआवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति अल कासिम साउदी अरबका सचिब ध्रुब कटुवालका अनुसार इकामा नवीकरण नभएर कामविहीन भएका ११ जना नेपालीहरुलाई आरसिसी अल-कासिमको समन्वय र नेपाली दूतावास रियादको पहलमा ११ जनाकै एक्जिट (बहिर्गमन) भिसा लागेको हो। तीमध्ये ६ जनालाई नेपाल फर्काइएको र बाँकी ५ जना टिकटको पर्खाइमा रहेको जनाइएको छ।

महोत्तरीका राम जीवन दास काथवनिय, सिरहाका शिव सुन्दर मन्डल, प्रमोद कुमार मन्डल, बिशाल सर्मा तिवारी, इश्वरी प्रशाद भुसाल, सन्तोष कुमार मन्डल, रौतहटका निरन्जन साह, राजेस बैठा, सुभ नारायण राय यादव र बाराका स्यामबाबु प्रसाद यादव र छोटेलाल यादवलाई जेद्धा हुँदै गत २० अक्टोबर महिनामा साउदी लेबरकोर्टमा लागिएको थियो ।

आरसिसी अल कासिम संरक्षक तथा अल कासिमका लागि नेपाली दूतावास प्रतिनिधि बिशाल श्रेष्ठको पहलमा एक्जिट (बहिर्गमन भिसा) लगाइएको थियो । काठमाडौँमा रहेको प्रतिज्ञा म्यानपावरबाट साउदीको जेद्धामा अबस्थित एसिसी कम्पनीमा पुगेका उनीहरुलाई कम्पनीले छ महिनाको मात्र इकामा लगाई दिएको र पछि इकामाको म्याद सकिएपछि नवीकरण नगरी दिएपछि तीन महिनाअघि अल कासिम पुगेका थिए ।

कासिममा पनि खानाको समस्या भएपछि प्रतिज्ञा ओभरसिससँग समन्वय गरेर खानाको लागि केही रकम उपलब्ध गराइएको थियो । पछिल्लो समय साउदीमा इकामाको म्याद सकिएर कम्पनीले नवीकरण नगरी दिँदा अलपत्र परेका नेपालीहरुलाई दूतावासका प्रतिनिधि श्रेष्ठ र गैरआवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति अल कासिमले उद्धार गरी नेपाल फर्काउँदै आएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ७ : १८ बजे

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक घटे

चितवन – भोटेकोशी र बूढीगण्डकीको बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध

थ्रेसर मेसिनको प्रयोग: किसानलाई राहत, युवालाई गाउँमै रोजगारी

बाँके – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेख विगत

विपद्पछि खुल्यो बेनी–जोमसोम मार्ग: पुनहिल, तातोपानी र अन्नपूर्ण आधार शिविरमा पर्यटक बढे

म्याग्दी – म्याग्दीका पर्यटकीय स्थलहरूमा बडादसैँलगत्तै पर्यटकको चहलपहल बढ्न थालेको

साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु: कामदारको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ – साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण: सिंचाइमा सहज

तुलसीपुर – दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा